काठमाण्डौ । एमाले समर्थनमा मनाङबाट प्रदेशसभा ख बाट सदस्यका लागि उम्मेद्वारी दिएका दीपक मनाङेले सुरुवाती अग्रता लिएका छन् । 

मनाङेले १६१ मत ल्याएका छन् भने उनलाई कांग्रेसका कर्मा गुरुङले १०५ मतले पछ्याइरहेका छन् । 

एकमात्र प्रतिनिधिसभा सिट रहेको मनाङमा एमालेका प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार पोल्देन छोपाङ गुरुङले २४९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले पनि २४९ मत नै ल्याएका छन् । 

मनाङको प्रदेशसभा ‘क’मा एमालेका उम्मेदवारले २१६ मत ल्याउँदा कांग्रेसका उम्मेद्वारले ११० मत मात्र ल्याएका छन् ।