काठमाण्डौ । ग्रीसको दोस्रो ठूलो शहर थेस्सालोनिकीसम्मको कतार एयरवेजकोे उद्घाटन उडानको शुभारम्भ मनाउन, कतार एयरवेज नेपालले कन्सुलर बिक्रम पाण्डे र नेपालका लागि प्रबन्धक जयप्रकाश नैयरको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा जयप्रकाश नैयरले यस पुरस्कार विजेता एयरलाइनको मजबूत विस्तार योजनाहरुलाई पनि उल्लेख गरे र साथै नेपालमा ग्रीसबाट अधिक यात्रीहरु ल्याउने र  थेस्सालोनिकीलाई दोहाको प्रख्यात हमाद अन्तरराष्ट्रिय विमानस्थल (एचआईए)मार्फत आफ्नो विश्वव्यापी नेटवर्कमा जोड्ने प्रतिबद्धता व्यक्त गरे ।

“ग्रीसको हाम्रो दोस्रो गन्तव्य थेस्सालोनिकीमा हाम्रो ४ साप्ताहिक उडान सेवा सुरु गर्न निकै उत्साहित छौं । एथेन्समा ३ दैनिक उडानसँगै हामीले ग्रीसमा बढ्दो मागको महसुस गयौं र थेस्सालोनिकी भन्दा अरु राम्रो ठाउँ कुन हुनसक्छ र ?” नैयरले भने ।

कतार एयरवेजले २०१७/१८ मा अकल्याण्ड, न्यूजील्याण्ड; डबलिन, आयरल्याण्ड गणतन्त्र; नीस, फ्रान्स; प्राग, चेक गणतन्त्र; चियाङ माई, थाईल्याण्ड र पेनाङ, मलेसियाजस्ता नयाँ रोमाञ्चक स्थलहरू आफ्नो नेटवर्कमा थपेको छ । एयरलाइनले बिस्तार योजनाअन्तर्गत २०१८ मा कार्डिफ, बेलायत; र मालागा, स्पेनसहित धेरै गन्तव्यहरू आफ्नो विश्वव्यापी मार्गमा थप्ने प्रक्रिया जारी राख्नेछ।