bizshala live update
काठमाण्डौ । निर्वाचन आयोगको पूर्व निर्धारित कार्यतालिका अनुसार मंगलबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका स्थानीय निकायमा उम्मेद्वारी दर्ताको कार्यक्रम लगभग सकिएको छ ।
यी तीन प्रदेशभित्र पर्ने महानगरपालिका र उपमहानगरपालिकामा दलहरुले प्रस्तुत गरेका उम्मेद्वारहरुको बढी चर्चा छ ।
पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा काठमाण्डौ, ललितपुर, भरतपुर र पोखरा गरी ४ महानगरपालिकाहरु परेका छन् । हेटौडा एकमात्र उपमहानगरपालिका परेको छ । अन्यमध्ये केही नगरपालिका र बाँकी गाउँपालिका रहेका छन् ।
दलहरुको मुख्य चासो देखिएको काठमाण्डौ र ललितपुरमा एमाले र राप्रपाले तालमेल गरेर उम्मेद्वारी दिएका छन् । यी दुवै महानगरमा मेयरमा एमाले र उपमेयरमा राप्रपाका उम्मेद्वार उठेका छन् । एमाले र राप्रपाबीचको यो तालमेल देशका अन्य क्षेत्रमा समेत हुनसक्ने बताइएको छ ।
हामीलाई हालसम्म महानगर र उपमहानगरपालिकामा दर्ता भएका उम्मेद्वारहरुको नामावली यसप्रकार छ :
नेपाली कांग्रेस
काठमाण्डौ : मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्गी
ललितपुर : मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल ।
भरतपुर : मेयरमा दिनेश कोइराला र उपमेयरमा पार्वती शाह
पोखरा : मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङ ।
हेटौडा : मेयरमा आनन्दराम पराजुली र उपमेयरमा लक्ष्मी श्रेष्ठ ।
नेकपा एमाले
काठमाण्डौ : मेयरमा विद्यासुन्दर शाक्य, उपमेयरमा राप्रपालाई समर्थन ।
ललितपुर : मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा राप्रपाको उम्मेद्वारलाई समर्थन ।
भरतपुर : मेयरमा देव ज्ञवाली र उपमेयरमा कमला पौडेल
पोखरा : मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु गुरुङ ।
हेटौडा : मेयरमा हरिबहादुर महत र उपमेयरमा मिना लामा ।
माओवादी केन्द्र
काठमाण्डौ : मेयरमा सर्वोत्तम डंगोल र उपमेयरमा सुशीला पौडेल
ललितपुर : मेयरमा दिनेश महर्जन र उपमेयरमा मञ्जरी शाक्य आस्था
भरतपुर : मेयरमा रेणु दाहाल र उपमेयरमा सुरेन्द्र तामाङ
पोखरा : मेयरमा विश्वप्रकाश लामिछाने र उपमेयरमा गोमा ढकाल
हेटौडा : मेयरमा बलराम बल, उपमेयर..........
राप्रपा
काठमाण्डौ : मेयरमा एमालेलाई समर्थन र उपमेयरमा राजाराम श्रेष्ठ ।
ललितपुर : मेयरमा एमाललेलाई समर्थन र उपमेयरमा नाम आउन बाँकी
भरतपर : विवरण आउन बाँकी
पोखरा : मेयरमा गीता गुरुङ र उपमेयरमा रमेशबहादुर खत्री
हेटौडा : मेयरमा मधु अधिकारी, उपमेयरमा................
(अपडेट जारी छ, हामीलाई पछ्याइरहनुहोला)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago