Public Bus
चितवन। स्थानीय प्रशासनलाई चुनौती दिँदै चितवनका यातायात व्यवसायीले आलोपालो प्रणाली (सिन्डिकेट) लाद्ने प्रयास गरेका छन् ।
मोटरसाइकलमा आएका सिन्डिकेट पक्षधर व्यवसायीले भरतपुरबाट माडीका लागि यात्रु बोकेर जाँदै गरेको ना ६ ख ९२८६ नं को बसमाथि पश्चिम चितवनको गीतानगरमा ढुङ्गा प्रहार गरी तोडफोड गरेका छन् । तीन वटा मोटरसाइकलमा आएका उनीहरुले बसलाई रोकेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तीन वटा मोटरसाइकलमध्ये एउटाको पहिचान भएको र खोजी भइरहेको चितवनका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए ।
यसअघि माडी क्षेत्रमा जुनतारा यातायात प्रालिले सेवा दिँदै आएको थियो । चाडपर्वका समयमा माडीवासीलाई भरतपुर आवतजावत गर्न सहज होस् भनेर माडी यातायात प्रालिले १२ वटा नयाँ बस सञ्चालनमा ल्याएको हो ।
उक्त बस सेवाको आजै चितवनका प्रजिअ विनोदप्रकाश सिंहले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलबाट शुभारम्भ गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago