file photo
काठमाण्डौ । तत्कालीन माओवादी र एमालेबीच एकीकरण भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइन जन्मिएको १५ दिन नबित्दै इतिहास बन्ने भएको छ ।
सरकारको नेतृत्व गरिरहेको यो पार्टीको नामको बिषयमा अन्यौल भएपछि अन्तत सो नाम नै इतिहासमा सीमित हुने भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नाममा यसअघि नै निर्वाचन आयोगमा अन्यले पार्टी दर्ता गरिसकेकाले एमाले र माओवादीले एकीकरणपछि नाममा अण्डरलाइन दिएर केही फरक देखाउन खोजेका थिए । तर, निर्वाचन आयोगले अण्डरलाइन दिंदैमा पहिला दर्ता भइसकेको पार्टी पुनः दर्ता गर्न नमिल्ने भनेपछि सो पार्टी नजन्मिँदै इतिहासको गर्भमा सीमित हुने देखिएको हो ।
पार्टीका शीर्ष नेताबीच नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइन नाम हटाएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) राख्ने सहमति भएको हो । अण्डरलाइनबाट ब्राकेटको नाम जुराएर सो पार्टी आज(जेठ १७) गते निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
एक नेताले नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइनको नाममा विवाद उत्पन्न भएपछि ‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा)’ नाम जुराइएको र अब यही नामको दल दर्ता हुने भएको बताए ।
यसरी २०७५ जेठ ३ गते एकीकरण भएका नेपालका दुई ठूला वाम दल, दर्ता प्रक्रिया सुरु भएको १५ दिनपछि मात्र औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता हुने भएका छन्। निर्वाचन चिन्ह भने सूर्य नै रहने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago