काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आगामी जेठ १८ गतेदेखि आफ्नो नियमित उडान थाल्ने भएको छ । 

सो दिनदेखि नियमित रुपमा काठमाण्डौ दोहा उडान भर्ने एयरलाइन्सले जनाएको छ । ८ बिजनेस क्लास तथा १५० इकोनोमी क्लास सहित जम्मा १५८ सीट क्षमताको एअरलाइन्स्को एअरबस ३२०–२१४ विमानले उडान भर्ने बताइएको छ । 
उडान तालिकाअनुसार जेठ १८ गतेको सो उडान काठमाडौँबाट २३स्०० बजे (स्थानीय समय) उडेर ०१स्३० बजे (स्थानीय समय) दोहामा अवतरण हुनेछ । यसैगरी, दोहाबाट ०२स्३० बजे प्रस्थान गरी बिहान १०स्१५ बजे काठमाण्डौ अवतरण गर्नेछ । 

ग्राहकहरुको सुविधालाई मध्यनजर राखेर सो उडान तालिका तय गरिएको कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले बताए । एअरलाइन्स्ले आफ्ना ग्राहकहरुलाई विश्वासिलो र तोकिएको समयमा नै गतब्य स्थानमा पु¥याउनेसेवा दिने प्रतिबद्घता समेत जनाएको छ ।

कतार र नेपालबीचको नियमित उडानले दुई देशबीच पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्बन्ध बिस्तार गर्न पनि सहयोग पुग्ने श्रेष्ठले दाबी गरेका छन् । ‘हामी ग्राहकहरुलाई उतm उडान मार्फत नेपाली सँस्कृतिको झलक दिँदै उच्च स्तरीय सेवा प्रदान गर्नेछौँ भन्ने कुरामा प्रतिबद्घ छौँ।’-श्रेष्ठले भने । 

एअरलाइन्सले क्लियोपेट्रा ट्राभल्सलाई कतारको लागि जेनरल सेल्स एजेन्ट नियुक्त गरेको छ । सो कम्पनीले कतारमा एअरलाइन्सको बजार विकास, सिट आरक्षण, टिकेटिङलगायत सेवाहरु प्रदान गर्नेछ । आफूहरुले काठमाण्डौंै–दोहा हवाई सेवा बजारमा सुपथ मूल्यमा आरामदायी सेवा प्रदान गर्ने श्रेष्ठले बताएका छन् । 

अगष्ट, २०१४ मा स्थापित हिमालय एअरलाइन्स्ले केही महिनापछि दिल्ली लगायत ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने योजना बनाएको समेत श्रेष्ठले जानकारी दिएका छन् । 

हिमालय एअरलाइन्स्ले आगामीपाँचवर्ष भित्र पन्ध्रवटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने योजना बनाएको छ । एअरलाइन्स्ले केही समयपछि लामो दुरी उडान भर्ने A330 जहाजल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाका लागि पनि उडान भर्ने योजना बनाएको बताइएको छ ।

हिमालय एयरलाइन्समा ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ भने ५१.०१ प्रतिशत लगानी नेपालका व्यवसायीको छ ।