काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ तस्कर समूहले ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन नेपाल भित्र्याएको ठहर गरेको छ।
तस्करी ६० किलो सुनबारे अनुसन्धान गरिरहेको सीआईबीले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। सीआर्यबीले आजै सरकारी वकिलको कार्यालय काठमाण्डौमा प्रतिवेदन बुझाउँदैछ।
पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको बताइन्। ‘त्यसअनुसार ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरिएको छ’, उनले भनिन्।
सीआईबी सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ।
गत साउन २ मा ब्रेक शुमा लुकाएर ल्याइएको ६० किलो बढी सुन बरामद भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19