काठमाण्डौ । चालु आर्थिक वर्षको बीचमा संघ तथा प्रदेशबाट स्थानीय तहमा शर्त, विशेष र समपरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने सरकारले निर्णय गरेको छ ।
मन्त्रीपरिषद बैठकका पछिल्ला निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बाँस्कोटाले सो निर्णयको विषयमा जानकारी दिएका हुन् ।
पछिल्लो क्याबिनेट बैठकले फुकोट कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको कार्यालय भवन तथा आवासगृह निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । पुरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप उपलब्ध गराउने निर्णय समेत गरिएको बाँस्कोटाले जनाए ।
यस्तै, हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइन आयोजना स्थलमा पुरै जग्गा परेका जग्गाधनीलाई परेकालाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप उपलब्ध गराउने निर्णय गरिएको छ।
रानीजमरा–कलरीया सिंचाइ आयोजनाको सम्की विस्तार मूल नहरमा परेका ऐलानी जग्गाको पर जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप उपलब्ध गराउने अर्को निर्णय समेत गरिएको छ।
मन्त्रीपरिषदले गरेका पछिल्ला निर्णय यस्ता छन् :
१. चालु आर्थिक वर्षको बीचमा संघ तथा प्रदेशबाट स्थानीय तहमा शर्त, विशेष र समपरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने निर्णय गरिएको छ।
२. फुकोट कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको कार्यालय भवन तथा आवासगृह निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरिएको छ। पुरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम अतिपूर्तिस्वरूप उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।
३. हेटौडा-ढल्केबर-इनरुवा ४०० केभी प्रशारण लाइन आयोजना स्थलमा पुरै जग्गा परेका जग्गाधनीलाई परेकालाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप उपलब्ध गराउने निर्णय गरिएको छ।
४ रानीजमरा-कलरीया सिंचाइ आयोजनाको सम्की विस्तार मूल नहरमा परेका ऐलानी जग्गाको पर जग्गा परेका जग्गाधनीलाई ७५ र आशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप उपलब्ध गराउने निर्णय गरिएको छ।
५ सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत थप ११४ वि.ओ. पी बोर्डर आउट पोस्ट स्थापना गर्ने निर्णय गरिएको छ।
६ दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा न १, छाङरुड बाट वडा नं २ दम्लिासम्मको घोडेटो बाटो संघीय मामिला मन्त्रालयमार्फत निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरिएको छ।
७ राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम श्री श्यामसन्दर के.सी. लगायत ११९ जना व्यक्ति तथा परिवारलाई कुल ५८ लाख पाँच हजार आठ सय ९५ रूपैयाँ सहायता अथवा क्षतिपूर्तिबापत उपलब्ध गराउने निर्णय गरिएको छ।
८ फ्रान्स-नेपाल बाणिज्य संघका अध्यक्ष श्री श्याम मोहन श्रेष्ठलाई फ्रान्स सरकारले प्रदान गर्ने नाइट इन द नेसनल अर्डर अफ दि लेजन अफ अनर विभूषण ग्रहण गर्न स्वीकृति दिइएको छ।
९ मित्रराष्ट्र बंगलादेशको औपचारिक भ्रमणमा सहभागी हुन नेपाली सेनाका प्रधान सेनापति श्री पूर्णचन्द्र थापा नेतृत्वको चार सदस्यीय भ्रमण दललाई स्वीकृति दिइएको छ।
१०. काठमाडौं-तराई / मधेश द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहणका क्रममा सुरुङमार्ग निर्माणको मार्गाधिकारभित्र परेका प्रेमबहादुर मोक्तान समेत सात जना र स्वास्थ्य चौकी भवनको २५ रोपनी २ आना २ पैसा जग्गाको क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरिएको छ।
११. माथिल्लो सानिगाड जलविद्युत् आयोजनाको हेड बर्क, पावरहाउस लगायत संरचना निर्माण गर्न बझाङ जिल्लाको बगल नगरपालिका वडा नं. मा रहेको राष्ट्रिय वन क्षेत्रको कूल १० हक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृति दिएको छ।
१२. बागमती सभ्यता संरक्षण तथा विकास सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।
१३. राष्ट्रिय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति, २०७६ स्वीकृत गरिएको छ।
१४. स्वास्थ्य संस्थामा रिक्त रहेका पदमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७ स्वीकृत गरिएको छ।
१५. सेनिटरी प्याड -वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ स्वीकृत गरिएको छ। १६. नेपाल सरकारको निजामति सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका देहाय अधिकृतलाई देहायबमोजिम सरुवा गरिएको छ ।
१७. सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जम्माहरूको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को छानबिन समितिको म्याद २०७४। मंसिर २८ देखि २०७६ पुस २८ सम्मका लागि एक महिना थप गरिएको छ।
१८ ढोलाहिटी-सुनाकोठी-चापागाउँ-प्याङगाउँ-लेले-तिलेश्वर हुँदै सरस्वती कुण्ड सहकको हाललाई उपलब्ध हुने चौडाइमा निर्माणकार्य गरी मौजुदा ठेक्काहरू कार्यसम्पन्नताका आधारमा फरफारक गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।
१९. तीन जना उपरथीहरूलाई सरुवा गरिएको छ।
२०, नेपाली सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथी, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनानीदय सब बत्री र रुपेन्द्र बढाथोकीलाई महासेनानी इजामा पदोन्नति गरिएको छ।
२०. नेपाली सेनाका महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा. अमित जोशीको राजिनामा स्वीकृत गरिएको छ।
२१. नेपाली सेनाका महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा. अमित जोशीको राजिनामा स्वीकृत गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago