काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक सरकार बिस्तार गरे पनि त्यसले अझै पूर्णता पाएन ।
ओलीले सोमबार एमालेबाट २ र माओवादीबाट २ मन्त्रीलाई सहभागी गराई सरकार बिस्तार गरेका हुन् । पहिलो चरणमा सरकारमा सहभागी नभएको माओवादी यो पटक सरकारमा सहभागी भएको छ ।
माओवादीको तर्फबाट सरकारमा रामबहादुुर थापा(बादल) र मातृका यादव मन्त्री बनेका छन् । बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवलाई उद्योगमन्त्री बनाइएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले रक्षामन्त्रीको रुपमा सपथ खाएका छन् । अर्थमन्त्री हुन ठीक्क परेर बसेका पोखरेललाई ओलीले अन्तिम अवस्थामा रक्षामन्त्री बनाएका हुन् । एमालेबाटै डा. युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा सपथ खाएका छन् ।
सोमबार नियुक्त चारै मन्त्रीले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ खाएका छन् ।
सोमबारको सरकार बिस्तारसँगै ओली नेतृत्वको क्याबिनेट ७ सदस्यीय भएको छ । यसअघि ओलीले पहिलो चरणमा लालबाबुु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए ।
सरकारमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम समेत सहभागी हुन सहमत भएको भन्दै बाँकी मन्त्रालयको बाँडफाँड तथा मन्त्रीहरुको मनोयन केही दिनपछि हुने बताइएको छ । ओलीले उपेन्द्र यादवलाई परराष्ट्रमन्त्री दिएर सरकारमा सहभागी गराउने प्रयास गरिरहेका बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago