काठमाण्डौ ।एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ‘किर्ते, जाली र फटाहा’ भन्दै आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनलक्षित गरी एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार प्रचार विभागद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल नेतृत्वको सरकारलाई धाधलीबाज भन्दै किर्ते, जाली र फटाहा सरकार रहेको आरोप लगाएका हुन् ।
‘यो सरकार धाधलीबाज हो, किर्तेबाज हो,’ ओलीले भने, ‘किर्ते, जाली र फटाहा सरकारले विनापुर्जी बहालवाला डीआईजीलाई पक्राउ गर्छ भने अरूलाई के गर्छ ?’ सरकारमा बसेर घटिया काम गरिरहेको आरोप बताउँदै उनले डीआईजीलाई नै ज्यानको खतरा भएपछि ‘ऊभन्दा तलकाको के हाल होला ?’ भन्दै प्रश्नसमेत गरे। यो खबर आजको राजधानीले छापिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19