काठमाण्डौ । यसैबीच, भारतले नेपाललाई रिझाउन यसअघि दिने भनेको ८० मेगावाट बिजुलीको औपचारिक आयात शनिवारदेखि सुरु भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी नरेन्द्र मोदीले शनिवार हैदरावाद हाउसमा आयोजित विशेष समारोहका बीच संयुक्त रुपमा रिपोटको बटन(स्वीच) थिचेर यसअघि सम्झौता भइसकेको ८० मेगावाट बिजुलीको औपचारिक आयात सुरु गरिएको हो ।
प्रधानमन्त्री ओलीको भ्रमणअघि सो विद्युत खरीद सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी (एनभीभीएन)बीच सम्झौता भइसकेको थियो ।
सम्झौताअनुसार नेपालले आगामी असारसम्म ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनबाट ८० मेगावाट बिजुली ल्याउने छ । आयात हुने बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्नेछ । एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट भारु ३.४ अर्थात ५ रुपैयाँ ५० पैसामा बिजुली बेचेको हो । त्यसमा आयात लागत जोड्दा ७ रुपैयाँ माथि पुगेको छ ।
सम्झौता अनुरुप शनिवारदेखि नै पूरै ८० मोगावाट बिजुली आउन सुरु भइसकेको प्राधिकरणका अधिकारीले बताएका छन् । प्राविधिकहरुका अनुसार यो बिजुली आयात भएपछि नेपालमा जारी लोडसेडिङ कम्तीमा दैनिक २ घण्टाको दरले घट्नसक्छ ।
यी सम्झौता गरिए भारतसँग
सद्भावना भ्रमण भनेर भारत गएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग केही सम्झौता र समझदारी गरेका छन् ।
हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता पत्र आदानप्रदान भएको त्यहाँस्थित नेपाली पत्रकारहरुले बताएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपाल र भारतबीच भएको सम्झौता ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । उनका अनुसार २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ । यो भूकम्पपछि भारतले दिने घोषणा गरेको १ हजार करोड डलरको एक चौथाइ मात्र हो ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरिएको १ हजार करोड खर्चबारे कुनै सहमति हुन सकेन ।
सम्झौताको अर्को बुँदा मुजफ्रपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने उल्लेख छ । सम्झौता अनुसार यो १६ अक्टोबरसम्ममा २०० र डिसेम्बर १७ सम्ममा ६०० मेगावाट पुर्याइने छ ।
यस्ता छन् सम्झौताहरु :
१) भूकम्प पछिको पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर बराबरको अनुदान
२) तराईमा सडक पूर्वाधार सुदृढिकरण
३) नेपाल संगीत र नाट्य प्रतिष्ठान र संगीत नाटक अकाडमीबीच सम्झौता
४) ट्रान्जिट रुटबारे :
क) नेपाल र बंगलादेशबीच काकडभिट्टा–बंगलाबन्ध कोरिडर प्रयोग
ख) विकासापटनम बन्दरगाह सञ्चालन
५) रेल यातायातबारे:
क) विकासापटनमसम्म रेल यातायात
ख) बंगालादेशसँग व्यापारका लागि सिंहवाद रेल ट्रान्जिटको सुविधा
६) मुजफ्फरपुर–ढल्केबर ट्रान्समिसन लाइनको उद्घाटन–शुरुमा ८० मेगावाट(सन् २०१६ को अक्टुबर सम्म २०० मेगावाट र सन् २०१७ को डिसेम्बरसम्म ६०० मेगावाट)
७) प्रबुद्ध व्यक्तिहरुको समूहको निर्माण
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19