deuba-oli
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच चर्काचर्की परेको छ । मंगलबार राजीनामाको बिषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरिरहेका शेरबहादुर देउवासँग ओलीको जम्काभेट भएपछि केहीबेर चर्काचर्की परेको हो ।
प्रत्यक्षदर्शी एक नेताका अनुसार ओलीले प्रचण्डलाई भेट्नासाथ 'राजीनामा दिने कुरा छाड्नुुहोस्, दोश्रो चरणको चुनाव पनि तपाईकै नेतृत्वमा हुनुपर्छ, राजीनामा गरेर चुनावलाई धरापमा नपार्नुहोस्' भन्ने आग्रह गरेका थिए ।
प्रचण्डको जवाफ नआउँदै आक्रोशित बनेका शेरबहादुुर देउवाले 'तपाई मेरो खेदो किन खन्दै हुनुहुन्छ ? म प्रधानमन्त्री बन्दा तपाईलाई केको आपत्ति ?' भन्दै ओलीलाई थर्काएका थिए । ओलीले पनि जवाफमा देउवालाई 'लोकलाजको ख्याल गर्न र दोश्रो चरणको निर्वाचन सफल बनाउने बिषयमा सोच्न' आग्रह गरेका थिए ।
दुुई नेताबीचको चर्काचर्कीले ठूलै रुप लिने देखेपछि प्रचण्डले मिलाउन खोजेका थिए । उनले 'छलफलमा बस्नुपर्छ र सबै मिलेर देशलाई निकास दिनुपर्छ' भनेका उच्च स्रोतले जनाएको छ ।
केपी ओलीले एमालेको आग्रह नमानेर दोश्रो चरणको निर्वाचन नै नगर्ने मनशायले राजीनामा दिन हतारो गरे संसद बैठक अवरुद्ध गर्ने चेतावनी समेत सो क्रममा दिएका बुझिएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago