CAAN Nepal
काठमाण्डौ । नेपालका अधिकांश सरकारी निकायहरु चरम लापरबाही, भद्रगोल र बेवास्ता गर्नेहरुको केन्द्र बन्ने गरेका कुरा धेरैलाई नौलो नलाग्न सक्छ । देशको उड्डयन क्षेत्रको ठेक्का लिएर बसेको र आफूले प्रवाह गर्ने सेवाको बिषयमा संवेदनशील हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यस्तो रोगबाट अछुतो रहने कुरै आएन । तर प्राधिकरणको आन्तरिक व्यवस्थापन कतिसम्म भद्रगोल र लापरबाहपूर्ण रहेछ भन्ने कुरा आइतबार देखिएको छ । प्राधिकरणको वेबसाइट पैसा नतिरेका कारण आइतबारदेखि बन्द भएको छ ।
प्राधिकरण स्रोतका अनुसार आइतबार दिउँसो www.caanepal.org.np नामको वेबसाइट एक्कासी बन्द भएको थियो । स्रोतका अनुसार जब प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले होस्टिङ प्रोभाइडरसँग कुरा बुझ्दा पो थाहा भयो, नवीकरण बापतको पैसा नदिइएका कारण साइट सस्पेन्ड भएको रहेछ ।
प्राधिकरणको यो साइट बानेश्वरस्थित कम्प्युटर सोलुसन नामको कम्पनीले डिजाइन गरी होस्टिङ प्रोभाइडरको सेवा समेत दिंदै आएको थियो । कम्पनीका मुख्य संचालक भट्टराई थरका व्यक्ति हाल नेपालमा छैनन्, उनी यूएनको जागिरको सिलसिलामा विदेशमा रहेका स्रोतको भनाई छ ।
प्राधिकरणको कर्पोरेटतर्फका डेपुटी डाइरेक्टर जनरल देवेन्द्र केसीले वेबसाइट बन्द भएको कुरा आफूलाई थाहा नभएको बताए । ‘हाम्रो वेबसाइट बन्द छ र ? होइन होला ।’ बिजशालासँग कुरा गर्दै उनले भने–‘तपाईंले सुनाएपछि पो मलाई थाहा भयो त । कुरा के रहेछ म बुझौला ।’

पैसा नतिरेका कारण सस्पेन्ड भएको प्राधिकरणको अफिसियल वेबसाइट ।
----------------------------------------------------------------------------------------------
देशको उड्डयन क्षेत्र व्यवस्थापनका लागि २४ सै घण्टा सचेत र व्यवस्थित हुनुपर्ने निकायले वेबसाइटको होस्टिङ बापतको सामान्य रकम तिर्न समेत गरेको यो लापरबाहीले यसका अन्य काम कति अव्यवस्थित र भद्रगोल छन् भन्ने कुरा बुझ्न सहज हुने स्रोत बताउँछ । ‘भन्ने बेलामा सेफ्टी र सेक्युरिटीका ठूला ठूला कुरा गर्छन प्राधिकरणका अधिकारी, तर व्यवहारमा भने यस्तो भद्रगोल छ ।’ स्रोतले भन्यो–‘यो हदैसम्मको लापरबाही भयो, सरकारले यस्तो लापरबाही गर्नेमाथि कारबाही गर्नुपर्छ ।’
सस्पेन्ड हुनुअघिको वेबसाइट र वेबसाइटको होस्टिङ प्रोभाइडरको वेबसाइटको स्क्रीन सट फोटो हेर्न तल डबल क्लिक गर्नुहोस् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19