symbolic photo
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरीक्षकसहित छ जनालाई निलम्बित गरेको छ ।
निर्वाचनका समयमा विभागीय नीति निर्देशनविपरित काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगा खत्रीसहित एक हबल्दार र चार जवान जवानसहित छ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निलम्बित हुने उनीहरु यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ ताप्लेजुङ सदरमुकामस्थित भानु मावि अम्बिटार मतदान केन्द्रमा खटिएका थिए । सोही केन्द्रमा मंसिर ९ गते मतदानस्थलको तयारी हुँदै गर्दा बम विस्फोट भएको थियो ।
विस्फोट भएको अघिल्लो दिन नै विस्फोटक पदार्थ राखिएको तर सुरक्षार्थ खटिएका प्रहरीलाई यस बारेमा थाहा नहुनु हेलचेक्य्राइँ अर्थात विभागको नीति निर्देशन विपरित काम भएको प्रष्ट भएकाले निलम्बित गर्नु परेको बताइएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यान नदिएकाले निर्वाचन विरोधी समूहले विस्फोटक पदार्थ राखेको प्रहरीको ठहर छ ।
उच्च हिमाली क्षेत्रमा हिमपात
उच्च हिमाली क्षेत्रमा सोमबार रातिदेखि हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ । सोमबार राति सामान्य वर्षासँगै हिमपात भएपछि चिसो बढेका कारण यहाँको जनजीवन प्रभावित भएको हो।
हिमपातपछि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा पर्ने लेलेप, याङ्मा, घुन्सा, ग्याब्ला, तोक्पेगोला, फलेसहितका माथिल्लो भेगमा निकै चिसो बढेको छ । चिसो बढेसँगै त्यस क्षेत्रका र आसपासका गाउँमा बसोबास गर्ने स्थानीय बढी प्रभावित छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago