काठमाण्डौ । अन्ततः राष्ट्रिय जनता पार्टी नेपालले आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने घोषणा गर्दै आमहड्ताल लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रचण्डले हतारमा राजीनामा दिंदै गर्दा एमाले लगायतका दलहरुले दोश्रो चरणको निर्वाचन धरापमा पर्ने र यसविरुद्ध विभिन्न शक्तिकेन्द्रहरुले षड्यन्त्र रचिरहेका आरोप लगाएका थिए । तिनै आरोपहरुलाई पुष्टि गर्ने हिसाबले २० वर्षपछिको स्थानीय निर्वाचनको दोश्रो चरण बिथोल्ने उद्देश्यले राजपाले आन्दोलनको घोषणा गरेको हो ।
संविधान संशोधनको माग राखेर राजपाले उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षित गर्दै जेठ १८ र १९ गते दुई दिने आमहड्ताल समेत आह्वान गरेको छ।
यसका आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि शनिबारदेखि निर्वाचनसम्बन्धी सबै गतिविधिमा अवरोध गर्ने, निर्वाचन कार्यालय घेराउ गर्ने रहेका छन् ।
राजपाले काठमाण्डौबाट पत्रकार सम्मेलन गरी निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । राजपाका एक नेताले जेठ १९ गतेसम्म पनि संविधान संसोधन प्रक्रिया अगाडि नबढे अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
राजपा लगायतका मधेशवादी दलहरुले नेपालको संविधान संसोधन गरी हिन्दीलाई समेत सरकारी कामकाजको भाषा बनाइनुपर्ने लगायतका भारतीय एजेण्डामा अडान लिंदै आएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago