काठमाण्डौ । विगतमा लामो समयसम्म अर्थमन्त्रीको बागडोर सम्हालेका कांग्रेस नेता डा. रामशरण महतले अधिकांश पुराना कार्यक्रम तथा सरकारका नियमित कामलाई समेत जोडेर नीति तथा कार्यक्रम भद्धा बनाइएको टिप्पणी गरेका छन् ।
उनले सरकारले गर्ने नियमित कामहरुलाई नीति तथा कार्यक्रममा राख्न आवश्यक नभएको उल्लेख गर्दै नयाँ कार्यक्रमहरु मात्र राखेर नीति तथा कार्यक्रम आउनुपर्नेमा त्यसो नभएको दाबी गरे ।
‘नीति तथा कार्यक्रममा धेरै त नियमित कार्यक्रम नै उल्लेख छन् ।’ उनले बिजशालासँग भने–‘केही नयाँ कार्यक्रम समेत धेरै महत्वकांक्षी आएका छन् । वार्षिक नीति तथा कार्यक्रममा पञ्चवर्षीय योजनामा समेटिनुपर्ने कार्यक्रम आउनु हाँस्यास्पद छ ।’
उनले लामो र मीठो भाषणले मात्र देश नबन्ने दाबी गर्दै सरकारले आफैंले घोषणा गरेका कार्यक्रम र देखेका सपना कार्यान्वयनको स्पष्ट आधार बनाउनुपर्नेमा जोड दिए । ‘महत्वकांक्षी कार्यक्रम कार्यान्वयनको ठोस आधार मैले चाहि देखिँन ।’ उनले भने–‘सरकारको गतिविधिबाट उसले घोषणा गरेका योजना पूरा गर्नसक्ने क्षमता उसमा छ भन्ने देखिएको छैन । महत्वकांक्षी कार्यक्रमको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरामा जोड दिनुपर्छ, मेरो अबको ध्यान त्यसमा केन्द्रीत हुनेछ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago