काठमाण्डौ । लामो समयको विवादलाई अन्त गर्दै नेकपाले कार्यकारी अधिकारसहित पार्टीलाई अध्यक्षको रुपमा पुष्पकमल दाहाल(प्रचण्ड)ले नेतृत्व गर्ने निर्णय गरेको छ ।
यस्तै, पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको बिना हस्तक्षेप सरकारको नेतृत्व गर्न दिने निर्णय समेत भएको छ ।
पार्टीको स्थायी कमिटी बैठकले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड)लाई कार्यकारी अधिकारसहितको अध्यक्षको रुपमा काम गर्न दिने निर्णय गरेको हो ।
यो निर्णयसँगै अब पार्टीको नेतृत्व प्रचण्डले गर्ने र सरकारको नेतृत्व ओलीले गर्ने एक स्थायी कमिटी सदस्यले बताए ।
बैठकले पार्टीले सरकारको दैनिक कार्यमा कुनै हस्तक्षेप नगर्ने समेत निर्णय गरेको छ । आधारभूत विषयमा भने सरकारको नेतृत्व गर्नेले पार्टीसँग छलफल गर्नुपर्नेछ ।
सत्तारुढ दलको स्थायी कमिटी बैठकले एमसीसीलाई संसोधनसहित पारित गर्ने निर्णय गरेको छ भने पार्टीको आगामी महाधिवेशन चैत २५ देखि ३० गतेसम्ममा गर्ने निर्णय समेत भएको छ । महाधिवेशन तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बैठक समेत बोलाउने स्थायी कमिटीले निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्थायी कमिटी बैठकले पार्टीलाई गतिशील बनाउने, विधिअनुसार पार्टी संचालन गर्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने, राष्ट्रियताको विषयमा एकमत भएर अगाडि बढ्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago