काठमाण्डौ । पार्टीभित्रको विवाद छताछुल्ल हुने गरी पार्टी फुटाउन केही सहज हुने खालको अध्यादेश मन्त्रीपरिषदबाट पारित गराएपछि उत्पन्न राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न नेकपाको आकस्मिक सचिवालय बैठक बोलाइएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा सचिवालयको बैठक अहिले साँझ ५ः३० बजे बोलाइएको हो ।
आकस्मिक छलफलका लागि भन्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालय बैठक बोलाएका हुन् ।
ओलीलाई तत्काल सचिवालय बैठक बोलाउन पार्टीका अर्का अध्यक्ष प्रचण्डले दवाब दिएका थिए ।
पूर्व माओवादी खेमाका नेताहरुले यो बैठकलाई ‘वारपार गर्ने महत्वपूर्ण बैठक’ भनेका छन् ।
‘अब यही बैठकले पार्टी एक हुने वा फुट्ने भन्ने विषय निधो गर्छ ।’ नेकपाका एक नेताले भने–‘प्रधानमन्त्रीले आफ्ना गल्ती र कमजोरी सच्याउन खोजेनन् भने पार्टी फूट्छ, अब कसैले रोकेर पनि यो प्रक्रिया रोकिने भएन । ’
सचिवालयमा ओली पक्ष निकै कमजोर छ । प्रचण्ड पक्ष भने निकै बलियो अवस्थामा रहेको छ । पछिल्लो समय प्रचण्डलाई माधवकुमार नेपाल, बामदेव गौतम लगायतको समेत बलियो साथ रहँदै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19