काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू निकटका नेताहरुसँग यो पटक पनि केपी ओलीलाई पछार्न नसकिने अवस्था सिर्जना भएको बताएका छन् ।
पेरिस डाँडास्थित पार्टी कार्यालयमा केही नेताहरुसँग पछिल्लो अवस्थाको बिषयमा छलफल गरेका उनले एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहले साथ नदिंदा ओलीलाई प्रधानमन्त्रीबाट रोक्ने योजना असफल भएको प्रतिक्रिया दिएका हुन् ।
प्रचण्ड निकट नेता देवेन्द्र पौडेलका अनुसार सो क्रममा माओवादी केन्द्रले बहुमतको सरकार गठनको प्रक्रिया लगभग टरेको निश्कर्ष निकालेको छ ।
सो बैठकमा भनिएअनुसार कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव समूहको बैठक फेरि बस्ने तयारी भइरहेको छ । सो बैठकले ओलीको सरकारलाई ढाल्ने अन्तिम विकल्पको विषयमा कुराकानी हुनसक्ने पौडेल बताउँछन् ।
पौडेलका अनुसार यदि जसपा एकढिक्का हुने हो भने अझै पनि ओली सरकार ढल्नसक्छ । बहुमतको सरकार दाबी गर्ने समय आज राति ९ बजेसम्म छ । त्यसका लागि कांग्रेस र माओवादीले अन्तिम प्रयास गर्ने बुझिएको छ ।
जसपाको महन्थ ठाकुर समूह ठाकुरको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदा मात्रै बहुमतको सरकार गठनको प्रक्रिया सामेल हुने निश्कर्षमा छ ।
ठाकुरलाई प्रधानमन्त्री बनाउने विषय कांग्रेस र माओवादी सकारात्मक भए भने पनि जसपाकै उपेन्द्र यादव पक्ष त्यसको विरुद्धमा जानसक्ने अवस्था छ ।
यस्तै, कांग्रेसभित्र रामचन्द्र पौडेल महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर जानुपर्ने पक्षमा रहे पनि देउवा भने त्यो पक्षमा छैनन् । आफू प्रधानमन्त्री नबन्ने अवस्थामा कुनै सहमति नगर्ने उनको अडान छ । यसरी विपक्षीहरु अडान र शर्तहरुले जेलिएपछि ओली पुनः प्रधानमन्त्री बन्ने बाटो सुरक्षित हुँदै गएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago