काठमाण्डौ । गैरकानूनी धन्दा गर्नेहरुलाई संरक्षण दिने गरेको आरोप खेप्दै आएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले एक व्यापारीलाई क्षमादान हुने गरी मंगलबारको मन्त्रीपरिषद बैठकबाट गैरकानूनी निर्णय गराएका खुलासा भएको छ । 

प्रधानमन्त्री प्रचण्डले व्यापारी रामेश्वर थापाले संचालन गरेको सिम्रिक एयरलाइन्सको उडान अनुमति नवीकरणका लागि क्याबिनेटबाटै गैरकानूनी निर्णय गराएका फेला परेको हो । यो काममा राम्रै रकमको चलखेल भएको आशंका गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई रिझाएपछि कानूनमै व्यवस्था नभएको १५ महिना समय बितिसकेको अवस्थामा सिम्रिकको उडान अनुमति नवीकरण गर्ने क्याबिनेटबाटै निर्णय गरिएको हो । ‘संभवत नेपालमै पहिलोपटक प्रधानमन्त्रीको जोडबलमा गैरकानूनी ढंगले क्याबिनेटबाट कुनै निजी एयरलाइन्सको उडान अनुमति नवीकरण भएको होला ।’ मन्त्रालयका एक अधिकारीले भने–‘प्रधानमन्त्रीले नै हस्तक्षेप गरेपछि हामीले कानूनी कुरा उठाएर के गर्नु ?’  

सिम्रिक एयरलाइन्सले उडान अनुमति नवीकरण नगरेको १५ महिना बितेपछि नागरिक उड्डयन प्राधिकरणले समेत उडान संचालन अनुमति(एओसी) नवीकरण रोकिदिएको थियो । एओसी समेत नवीकरण नभएपछि विगत १० दिनदेखि सिम्रिक एयरलाइन्सका सबै जहाज ग्राउण्डेड भएका थिए ।

०६८ सालमा ४ वर्षे इजाजत लिएको सिम्रिकले ०७२ बैशाखमा नवीकरण गर्नुपथ्र्यो । सो समयमा नवीकरण नगर्नेलाई इजाजत नवीकरणका लागि थप एकवर्ष मौका दिने व्यवस्था छ । सो अवसर पनि गुमाएपछि सिम्रिकको इजाजत नवीकरण गर्न कानूनी व्यवस्थाले छेक्द्थ्यो । 

पुरानो इजाजत नवीकरण नहुने भएपछि रामेश्वर थापा प्रधानमन्त्री प्रचण्ड र अन्य शक्तिकेन्द्रहरुलाई रिझाउने दौडधूपमा थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका जिम्मेवार अधिकारीहरुले केही दिनअघि बिजशालासँग कुरा गर्दै अब सिम्रिक एयरलाइन्स पुनः संचालनका लागि नयाँ कम्पनी सोसरह मन्त्रालयमा प्रस्ताव दर्ता गर्नुपर्ने स्पष्ट पारेका थिए ।

एक अधिकारीका अनुसार सिम्रिक एयरलाइन्सले नयाँ कम्पनीको रुपमा प्रस्ताव दर्ता गरेसँगै २० करोड रुपैयाँ चुक्तापूँजी, २० लाख रुपैयाँको बैंक ग्यारेण्टी, १० हजार निवेदन शुल्क र प्रत्येक उडान क्षेत्रका लागि ३० हजारको दरले रकम ठीक पार्नुपर्ने हुन्थ्यो । ती अधिकारीले भनेका थिए–‘रामेश्वर थापाले पर्यटन मन्त्री आउने बित्तिकै यो काम भइहाल्छ भनेर भ्रम फैलाएका छन्, तर यो पर्यटन मन्त्री आउनेबित्तिकै हुने काम होइन । एउटा व्यापारीका लागि मन्त्रालयले सबैका लागि बनाएको कार्यविधि परिवर्तन गर्न सक्दैन ।’ 

तर ती अधिकारीको यो दाबी र कानूनी व्यवस्थाको कुरा केही रकम खर्च गरेपछि बेकार साबित भएको छ । प्रधानमन्त्री प्रचण्डलाई रिझाएपछि कानूनमै व्यवस्था नभएको १५ महिना समय बितिसकेको अवस्थामा सिम्रिकको उडान अनुमति नवीकरण गर्ने क्याबिनेटबाटै निर्णय गरिएको हो । 

‘संभवत नेपालमै पहिलोपटक प्रधानमन्त्रीको जोडबलमा गैरकानूनी ढंगले क्याबिनेटबाट कुनै निजी एयरलाइन्सको उडान अनुमति नवीकरण भएको होला ।’ मन्त्रालयका एक अधिकारीले भने–‘प्रधानमन्त्रीले नै हस्तक्षेप गरेपछि हामीले कानूनी कुरा उठाएर के गर्नु ?’ 

त्यसो त सिम्रिक एयरलाइन्सको उडान अनुमति र एओसी समेत फेल भएको समाचार बिजशालाले ब्रेक गर्दा सो समाचारमा प्रतिक्रिया दिंदै एयरलाइन्सका अध्यक्ष रामेश्वर थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले  कुरा गरिसकेको र कार्यविधिमा संसोधन गरेरै भए पनि इजाजत नवीकरण हुने दाबी गरेका थिए । अन्ततः उनको दाबी नै सही निस्किएको छ । उनले प्रचण्डलाई रिझाएका कारण एउटा निजी कम्पनीका लागि कार्यविधिमाथि नै मन्त्रीपरिषदले हस्तक्षेप गरेको छ ।

‘यो पूर्ण रुपमा गैरकानूनी काम हो ।’ मन्त्रालयका अर्का एक अधिकारीले भने–‘अख्तियारले यो बिषयमा चासो दिनुपर्छ । शक्ति र पैसाको आडमा जथाभावी गर्ने छुट न प्रधानमन्त्रीलाई छ न अरु कसैलाई ।’ 

इजाजतपत्रको आधारमा पाउने सिम्रिकको बायु सेवा संचालन अनुमति तथा प्रमाणपत्र(एओसी) समेत काम नलाग्ने भएको थियो । यो एयरलाइन्सको एओसी नम्बर ०५२र२००९ हो । एओसीको नवीकरण मिति समेत सकिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलको चलखेलबाट गैरकानूनी ढंगले एओसी एकमहिनाका लागि(अगस्ट १४ सम्मका लागि) नवीकरण गरिएको थियो । क्याबिनेटबाटै उडान अनुमति नवीकरण गर्ने गैरकानूनी निर्णय भएपछि सिम्रिकका लागि मरिमेटेर काम गर्दै आएका पोखरेल लगायतका टिमलाई एओसी नवीकरण गर्न सहज भएको छ । 

नेपालमा जहाज उडाउने कम्पनीका लागि मन्त्रालय र प्राधिकरण गरी दुईवटा संस्थाको इजाजतपत्र अनिवार्य गरिएको छ । नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेटर्स सर्टिफिकेट(एओसी) लिनुपर्छ । एओसी अन्तर्राष्ट्रिय उड्डयन संगठन(आइकाओ)को मापदण्डमा आधारित अनिवार्य अन्तर्राष्ट्रिय स्तरको इजाजतपत्र हो । एओसी नवीकरणका लागि समेत साढे २ लाख रुपैयाँ राजश्व तिर्नुपर्छ । पर्यटन मन्त्रालयले चाहि राष्ट्रिय इजाजत दिन्छ ।

के भन्छ सिम्रिक एयरलाइन्स ?
मन्त्रालय र नियामक निकायबाट इजाजत तथा उडान अनुमति नवीकरण नभएकोले बिहीबारदेखि नै उडान सुचारु हुने सिम्रिक एयरलाइन्सले जनाएको छ । विभिन्न पत्रिकाहरुमा सूचना जारी गर्दै एयरलाइन्सले सिम्रिकको उडान अनुमति मानवीय त्रुटीका कारण समयमै नै नवीकरण हुन नसक्दा यस्तो अवस्था भएको दाबी गरेको छ । सिम्रिकका आन्तरिक उडानमा ४ वटा जहाज छन् । सिम्रिकले बन्द हुनुअघिसम्म दैनिक करिब २ दर्जन उडान गरिरहेको थियो । यसले काठमाण्डौबाट पोखरा, भैरहवा, सिमरा, लुक्ला र माउन्टेन फ्लाइट गरिरहेको थियो । यस्तै पोखराबाट जोमसोम तथा नेपालगञ्जबाट सिमीकोट, जुम्ला र बाजुरा पनि उडान भथ्र्यो । 

यो पनि पढ्नुहोस्