रुपन्देही । प्रदेशको नाम र स्थायी राजधानी तोक्न माग गर्दे नेपाली कांग्रेसले बुटवलमा शक्ति प्रदर्शन गरेको छ ।
नेताहरुले प्रदेश नं ५को नाम लुम्बिनी राख्नुपर्ने भन्दै यसमा बिबाद गर्न नहुने बताएका छन् ।
उनीहरुले लुम्बिनी क्षेत्रले विश्वभर शान्ति र सद्भाव फैलाउने काम गरिरहेको भन्दै लुम्बिनीको अवमूल्यन नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।
खबरदारी सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय संसद्का प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देहीले मुलुकलाई नै एकताको सन्देश दिने बताए ।
विश्वले मान्ने बुद्ध जन्मस्थल लुम्बिनीलाई मान्दिँन भन्नु बुद्धकै अपमान हुने उनले तर्क गरे।
बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वले मानेको छ, उनले भने–यहीँका व्यक्तिले मान्दिन भन्नु नसुहाउने कुरा हो, यो प्रदेशको नाम लुम्बिनी हुँदैन भनेर कसले भन्छ ?
खाँडले रुपन्देही मुलुककै आर्थिक केन्द्रको रुपमा विकास भइरहेको भन्दै उनले यो प्रदेशको केन्द्र पनि रुपन्देही नै हुनुपर्नेमा जोड दिए ।
नेता खाडले मुख्यमन्त्रीजीले प्रदेश सभामा बोल्नुभएछ, संघीय संसद्का मान्छे बोल्न आवश्यक छैन, ‘हामी त्यही भनिरहेका छौं, प्रदेश सभाको जिम्मेवारी पूरा गर्नु, राजधानी तोक्ने काम गर्नुस्, हामी बोल्न आबश्यक छैन । तर मुख्यमन्त्रीको चाहनाले मात्रै राजधानी तोक्ने काम हुन सक्दैन, प्रदेशसभाले दुई तिहाइबाट तोक्ने हो, दुई तिहाइ पुगेछ भने जहाँ पनि सार्न सक्नुहुन्छ ।’ उनले थपे ।
अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले कम्युनिष्टहरुबाट मुलुकलाई खतरा रहेको दाबी गरे । उनले दुई तिहाई सरकारले जनतामा सपना मात्रै बाँडेर सरकार टिकाउने काम गरिरहेको आरोप लगाए । ५ नम्बर प्रदेशका जनताले प्रदेशलाई टुक्राउनबाट जोगाएको स्मरण गर्दै उनले ५ नम्बर प्रदेशको राजधानी बुटवल नै उपयुक्त रहेको तर्क गरे ।
अर्का नेता देवेन्द्रराज कँडेलले प्रदेश नम्बर ५ को सीमा अरु विस्तार गर्न आवश्यक रहेको बताए। उनले प्रदेश ५ मुलुककै नमूना प्रदेश भएकाले यसको सीमा चीनसम्म विस्तार गर्न आवश्यक रहेको बताए । सभामा अन्य नेताले पनि बोलेका थिए ।
बुटवलको राजमार्ग चौराहबाट निस्कीएको ¥याली मिलनचौक, बस पार्क, अस्पताल लाईन हुदै कार्यक्रम स्थल बुटवलको ट्राफिक चौकमा पुगेर सभामा परिणत भएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19