काठमाण्डौ । कसैलाई उम्मेदवार नपाएर चिन्ता कसैलाई पाएर । एउटै पदमा एउटै वडाबाट दुई छोराले फरक फरक पार्टीको उम्मेदवारी पाउँदा बर्दियाकी ८७ वर्षीय सन्तु अधिकारीलाई कुन छोरालाई भोट हालूँ भन्ने चिन्ताले पिरोलेको छ ।
जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा गुलरिया नगरपालिका वडा नं. २ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट सन्तुको जेठा छोरा कृष्ण अधिकारी र नेकपा एमालेको तर्फबाट कान्छो छोरा टंक अधिकारीले उम्मेदवारको टिकट पाएपछि आमा सन्तुलाई धर्मसंकट परेको छ ।
०१५ साल यताका हरेक निर्वाचनमा उत्साहित हुँदै मतदान गर्दै आएकी सन्तुले यसपटकको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने इच्छा नभएको बताइन् ।
‘निर्वाचनका दिन बिरामी भएर मत हाल्न नसकेको भए हुने थियो’, उनले गम्भीर हुँदै भनिन्, ‘मेरो लागि दुवै छोरा बराबर हुन , कसलाई नजिकैको ठानेर मत दिनु ? मेरो आत्मा रोइरहेको छ । दाजुभाइबीचको चुनावी लडाइँमा म आमालाई नपारेको भए हुन्थ्यो ।’ यो खबर आजको कारोबारमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago