nepal-air-link-map
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै बायु सेवा संचालक संघले समेत हवाई भाडा समायोजन गरेको छ ।
संघले आन्तरिकतर्फको हवाई भाडा समायोजन गर्दै नयाँ दर मंगलबारदेखि लागू हुने प्रष्ट्याएको हो ।
सरकारले २ दिनअघि आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटरमा ५ रुपैयाँको दरले वृद्धि गरेको थियो । मूल्यवृद्धिपछि हवाई भाडा समायोजन गर्नुपरेको संघले विज्ञप्तिमार्फत जनाएको छ ।
संघले काठमाण्डौ–विराटनगरको भाडा १२० रुपैयाँले बढाई ७ हजार २ सय २० रुपैयाँ पुर्याएको छ । काठमाण्डौ–भद्रपुरको भाडामा १५० रुपैयाँ वृद्धि गरिएको छ । अब यो रुटका लागि यात्रुुले ८ हजार ७ सय ५० रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, काठमाण्डौ–नेपालगञ्ज रुटको भाडा १६५ रुपैयाँ बढेर ९ हजार ४ सय कायम भएको छ ।
यस्तै, काठमाण्डौबाट पोखराका लागि ४ हजार ७ सय ३०, भैरहवाका लागि ६ हजार ५५ र भरतपुरका लागि ३ हजार ५ सय ५ रुपैयाँ नयाँ भाडादर तोकिएको छ ।
काठमाण्डौ–धनगढी रुटको भाडा १२ हजार ३ सय २० रुपैयाँ पर्ने भएको छ । काठमाण्डौ–जनकपुरको भाडा ४ हजार १०, काठमाण्डौ–तुम्लिङटारको भाडा ५ हजार ७ सय २०, काठमाण्डौ–सिमराको भाडा ३ हजार ५० रुपैयाँ कायम भएको छ ।
संघले माउन्टेन फ्लाइटको भाडामा भने २ अमेरिकी डलर बराबरको वृद्धि गरेको छ ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago