काठमाण्डौ। भारतीय चलचित्रका चर्चित अभिनेता सञ्जय दत्तले लकडाउनका कारण समस्या परेका मुुम्बईका १ हजार गरिब परिवारलाई दैनिक एक छाक खाना उपलब्ध गराउने भएका छन्।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले गरेको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुुरका परिवार अभिनेता दत्तले खाना खुुवाउने बन्दोबस्त मिलाउन लागेका हुुन्।
उनले कोरोनाले गर्दा देशमा समस्या सिर्जना उत्पन्न भएकाले सक्ने जतिले आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिलसमेत गरेका छन्। 
 
अभिनेता दत्तले आम मानिसहरुलाई सामाजिक दूरी कायम गर्न र आफूलाई स्वस्थ बनाइराख्न सुुझावसमेत दिएका छन्।
घरमा बस्दा शाररीक अभ्यास गर्नसमेत उनले जोड दिएका छन्। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19