काठमाण्डौ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सूूर्य चिन्ह लिएरै चुनाव लड्ने भएको छ । 

मंगलबार राजधानीमा आयोजित एमाले, माओवादी र नयाँ शक्तिबीचको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता केपी शर्मा ओलीले सो जानकारी दिएका हुन् । 

उनले नयाँ शक्ति पार्टी नेपाल सूूर्य चिन्ह लिएरै चुनाव लड्ने उल्लेख गर्दै अन्य दलहरुलाई समेत सोही चुनाव चिन्ह लिएर चुुनाव जाने वातावरण बनाउने प्रयास भइरहेको जानकारी दिए । 

उनले हृदयेश त्रिपाठी लगायतका मधेशवादी नेताहरु समेत सूूर्य चिन्हमा चुुनाव लड्न सहमत भइसकेका उल्लेख गर्दै अन्य शक्तिहरुसँग पनि तालमेलको छलफल भइरहेको र उनीहरु समेत सूूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने अधिक संभावना रहेको उनले बताए ।