काठमाण्डौ । लामो रस्साकस्सी र प्रतिक्षापछि नेकपा उपाध्यक्ष बामदेव गौतमको संसद छिर्ने सपना  पूरा हुने भएको छ । 

सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै उनको लामो प्रतिक्षाले सार्थक रुप पाउने देखिएको हो । 

सोमबार बसेको मन्त्रीपरिषद बैठकले गौतमलाई रिक्त राष्ट्रियसभा सदस्यमा मनोनयनको निर्णय गरेपछि अब राष्ट्रपतिले अनुमोदन गर्ने छिन् । योसँगै बामदेव गौतम वरिष्ठ उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय लिएर सरकारमा सहभागी हुने बाटो खुलेको छ । 

गौतम उपप्रधानसहित गृहमन्त्री बन्ने प्रवल संभावना छ ।