CAAN Nepal
काठमाण्डौ । नागरिक उड्डयन प्राधिकरण जस्तो देशको संवेदनशील निकायले पैसा समयमा नतिर्दा होस्टिङ प्रोभाइडरले वेबसाइट बन्द गरिदिएको बिषयमा बिजशालाले समाचार प्रकाशन गरेको एकघण्टामै प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्रीले झपारेका छन् ।
पर्यटनमन्त्रीले बिजशालाको समाचारलाई आधार मान्दै वेबसाइट तुरुन्त संचालनमा ल्याउने व्यवस्था गर्न, नभए कारबाही भोग्न तयार हुन कडा निर्देशन दिएपछि महानिर्देशक सञ्जिव गौतमले होस्टिङ प्रोभाइडरलाई बिन्ती बिसाएका र जागिरकै सवाल भयो भनेपछि प्रोभाइडरले सस्पेन्ड भएको वेबसाइट संचालनमा ल्याउने व्यवस्था गरेका हुन् ।
‘मन्त्री जीले तपाईंहरुको समाचार हेरे लगत्तै फोन गरेरै महानिर्देशकलाई तुरुन्त वेबसाइट संचालनमा ल्याउन निर्देशन दिनुभयो ।’ मन्त्री निकट स्रोतले बिजशालासँग भन्यो–‘उनले एकघण्टाभित्रमा वेबसाइट संचालनमा ल्याउँुछ भनेका थिए, सोही अनुसार अब वेबसाइट संचालनमा आएको छ ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19