काठमाण्डौ । स्थानीय निकाय निर्वाचनको सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणना सुरू भएको छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार भरतपुर वडानं. १ का तीन वटा मतपेटिका खोलेर मतगणना सुरू गरिएको छ । 

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी मेयर पदको उम्मेदवार छन्। 

मेयरमा फेरि पनि प्रचण्डपुत्री रेणु दाहाललाई नै टिकट दिइएपछि गठबन्धनको भागबण्डाप्रति असहमति जनाउँदै नेपाली कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गरेर जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी भूइँकटहर चुनाव चिन्ह लिएर चुनाव होमिएका थिए । 

कांग्रेस समर्थित मतदाताको अपार समर्थन भएका कारण पौडेलको उम्मेद्वारीका कारण गठबन्धनको समर्थन रहे पनि रेणु दाहालले जित्नसक्ने संभावना कम देखिन्छ ।