काठमाण्डौ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनको समर्थनमा मेयरको उम्मेद्वार बनेकी माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेणु दाहाल पछाडि पर्न थालेकी छिन् । 

उनलाई एमालेका मेयर पदका उम्मेद्वार विजय सुवेदीले पछाडि पार्न थालेका हुन् । 

पछिल्लो मतपरिणामअनुसार एमालेका सुवेदीले ६६ मत प्राप्त गर्दा रेणु दाहालले ५१ मत ल्याएकी छिन् । 

गठबन्धनले रेणुलाई नै मेयरमा समर्थन गरेपछि कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले भने १३ मत मात्रै प्राप्त गरेका छन् । 

मतगणना जारी छ ।