File Photo
काठमाण्डौ । मधेसवादी दलले शनिबारको व्यवस्थापिका-संसद्को बैठक समेत बहिष्कार गरेका छन् । बैठकसुरु हुनासाथ मधेसकेन्द्रित दलसँग आबद्ध सांसदले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् ।
सदनको कारबाही सुरु हुनेबित्तिकै सद्भावना पार्टीका नरसिंह चौधरीले प्रमुख राजनीतिक दल र सरकारले आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्ने तर्फ नलागेको भन्दै रोष प्रकट गरे ।
उनले मधेसकेन्द्रित दलले उठाउँदै आएको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाउँदासम्म सदनको कारबाहीमा सहभागी नजनाउने भन्दै बहिष्कार गरेको बताए ।
सदनको कारबाही बहिष्कार गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी लगायत छन् ।
यसअघि शुक्रबार पनि मधेसवादी दलका सांसदहरुले बैठक बहिष्कार गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago