prime minister office of Nepal
काठमाण्डौ । मधेशवादी दलहरुको समेत सहयोग र समर्थनमा प्रधानमन्त्री निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मधेश आन्दोलनको क्रममा मारिएकाहरुको परिवारलाई १० लाखको दरले एकहप्ताभित्र राहात रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
मधेशी मोर्चासँग गरेको ३ बुँदे सम्झौतामा इमानदारिता प्रदर्शन गर्न प्रचण्डले सुरुवातमै मधेश आन्दोलनमा मृत्यु भएकाहरुको परिवारलाई राहात रकम उपलब्ध गराउने निर्णय गराएका हुन् । प्रति मृतक परिवार १० लाख रुपैयाँ सरकारले पीडितलाई एकसाताभित्र उपलब्ध गराउनेछ ।
मन्त्रीपरिषद बैठकले मधेस आन्दोलनका घाइतेहरुलाई उपचार खर्च दिने निर्णय पनि गरेको छ । उनीहरुले पेश गरेको उपचारको बिल अनुसारको भुक्तानी दिइनेछ ।
क्याबिनेटको निर्णयको बिषयमा संचारकर्मीलाई जानकारी दिंदै सरकारका प्रवक्ता कृष्णबहादुर महराले मधेश आन्दोलनमा भएको भनिएको दमनको बिषयमा छानबिनका लागि गृहमन्त्रालयलाई निर्देशन दिइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago