काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत मधेशी मोर्चाका नेताहरुलाई चक्मा दिने तयारी गरेका छन् ।
उनले आफ्नै कार्यकालमा मधेशीहरुको माग पूरा गर्न संविधान संसोधन गर्ने र चुनाव गराउने यसअघि लिखित सम्झौता गरे पनि पहिलो चरणको स्थानीय चुनाव गराएपछि कुर्सी छाड्ने तयारी थालेका हुन् ।
आफ्ना माग र संविधान संसोधनको मुद्धामाथि छलफल गर्न सोमबार बालुवाटार पुुगेका राष्ट्रिय जनता पार्टीका नेताहरुलाई प्रधानमन्त्री प्रचण्डले जेठ ७ गतेभित्र संसदलाई सम्बोधन गरेर राजीनामा दिने बताएका हुन् । सत्ताबाट चाँडो भन्दा चाँडो बहिर्गमन भई पूर्व सम्झौता अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको साँचो सुम्पिने हतारोमा देखिएको प्रचण्डलाई राजपाका नेताहरुले संविधान संसोधनको बिषयमा उनले गरेको सम्झौता सम्झाएका थिए । प्रचण्डले सकेसम्म आफू प्रधानमन्त्री छँदै त्यो बिषय टुंग्याउने, त्यो नसके दोश्रो चरणको निर्वाचनअघि नै संविधान संसोधन गरिने भन्दै तर्कन खोजेका राजपाका नेताहरुले बताएका छन् ।
भेटमा प्रचण्डले काम चलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने समेत जानकारी दिएका थिए । कारण, दाहालले जेठ ७ गतेभित्र राजीनामा दिए पनि नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया केही लामो भएकाले जेठ १५ भित्र देउवा प्रधानमन्त्री बन्ने अवस्था छैन । यसकारण, हालका अर्थमन्त्री कृष्णबहादुर महरा(कामचलाउ)ले नै बजेट प्रस्तुत गर्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago