काठमाण्डौ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो २१औं वार्षिकोत्सबको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ ।
एक महिनाअवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ।
योजनाअनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजी स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ ।
कम्पनीले आफ्ना यात्रुलाई सम्मान गर्ने उद्देश्यले यो उपहार योजना ल्याइएको प्रष्ट पारेको छ ।
कात्तिक ७ गतेदेखि सुरु भएको यो योजना मंसिर ७ गतेसम्म लागू हुनेछ। कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको बिशेष अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गर्ने छ ।
यस योजना चितवनको यस समूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागू नहुने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19