काठमाण्डौ । राजनीति भनेको संभावनाको खेल हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा निरन्तरता नदिने अन्तिम प्रयासमा रहेका नेपाली कांग्रेस र माओवादीको समर्थनमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री बन्नसक्ने संभावना बढेको छ ।
जसपाले यसअघि नै महन्थ ठाकुरको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने अडान प्रस्तुत गरिसकेको छ ।
आज दिउँसोसम्म आफ्ना दलका आधा बढी सांसदलाई एक रिसोर्टमा राखेका महन्थ अपरान्ह भने यूटर्न हुनसक्ने खबर कांग्रेस र माओवादी केन्द्रका उच्च तहका नेतासम्म पुगेको स्रोतको दाबी छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. सशांक कोइराला र डा. शेखर कोइराला समेत महन्थ ठाकुरलाई प्रधानमन्त्री स्वीकार गरेरै भए पनि ओलीको सरकारलाई निरन्तरता दिन नहुने पक्षमा आइसकेका स्रोतको दाबी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा सरकार बनाउने योजनामा लागेका थिए । एमालेको माधवकुमार नेपाल पक्षका २० सांसदले आज बिहान सांसदबाट राजीनामा गर्ने उनको आशा थियो । तर, एमालेभित्र संवादहीनताको वातावरण अन्त गर्दै केपी ओली र माधव नेपालबीच वार्ताको वातावरण बनेपछि र ओलीले नेपालसहित ४ नेतामाथि गरेको कारबाही फुकुवा गरेसँगै माहौल देउवा निकट भएन । संसदको समय ५ बजेसम्म हो, अर्थात यो मितिसम्म नेपाल निकटका सांसदहरुले राजीनामा संसद सचिवालयमा दर्ता गरिसक्नु पथ्र्यो, जुन भएन । यसको अर्थ अब राजीनामाको खेल टर्यो, जसले सबैभन्दा बढी देउवाको योजनामा धक्का पुग्यो । एमालेको नेपाल समूहले धोका दिएको निश्कर्ष निकाल्दै देउवा समेत बरु महन्थ ठाकुरको नेतृत्वमा आफ्नो हात माथि पर्ने गरी कांग्रेस र माओवादी केन्द्रले बहमुतको सरकार गठनका लागि दाबी पेश गर्ने निश्कर्षमा पुगेका बताइएको छ ।
कांग्रेस र माओवादी केन्द्रले समर्थन गरे बहुमतको सरकारको नेतृत्व गर्न महन्थ ठाकुर पनि तयार छन् । जसपाका नेता डा. बाबुराम भट्टराईले केही दिनअघि नै यो विषयमा प्रष्ट पार्दै महन्थ ठाकुर नै प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइसकेका छन् ।
यसरी हेर्दा सत्ताको रस्साकस्सीमा अन्तिम अवस्थामा महन्थ ठाकुरको कोर्टमा बल पुगेको छ । उनलाई प्रधानमन्त्री प्रस्ताव गर्दै बहुमतको सरकारका लागि राष्टपति समक्ष दाबी पेश भयो भने अचम्म मान्दा नहुने अवस्था सिर्जना भएको दल निकट स्रोतहरुले बताएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago