Maoist centre
काठमाण्डौ । माओवादी केन्द्रले प्रदेश २ को स्थानीय निर्वाचनका लागि केन्द्रीय तहबाटै ‘अभियानात्मक तयारी’ गर्ने भएको छ । २ साउनदेखि सुरु हुने केन्द्रीय सचिवालयको विस्तारित बैठकलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले मधेस झरेर निर्वाचन तयारी गर्न लागेका हुन्
मधेसमा कांग्रेस–एमालेभन्दा ठूलो शक्ति बन्न माओवादीले विशेष कार्ययोजना अघि बढाउने जनाएको छ । शिष्टिीकृत योजना नबनाउँदा पार्टी यसअगाडिका निर्वाचनमा पराजित भएकाले यसपटक सबै शीर्ष नेता मधेसमै परिचालित हुनेगरी योजना बनाउन लागेको प्रदेश २ का इन्चार्ज मात्रिका यादवले बताए ।
हेडक्वार्टरकै केही नेता भने मधेसमा खटिइसकेका छन् । पर्सामा उर्मिला अर्याल, रौतहट–बारामा प्रभु साह, महोत्तरी र सर्लाहीमा गिरिराजमणि पोखरेल, धनुषामा मात्रिका यादव तथा सिरहा र सप्तरीमा विश्वनाथ साह जिम्मेवारीसहित खटिएका छन् । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago