काठमाण्डौ । असोज २ मा हुने तेस्रो चरणको निर्वाचनअघि नै २ नम्बर प्रदेशका केही नेता पार्टी अदलबदल गर्ने गृहकार्यमा जुटेका छन्। नयाँ शक्ति पार्टीका नेता रामचन्द्र झा र फोरम लोकतान्त्रिकका सहअध्यक्ष रामेश्वर राय यादवले अन्य पार्टीमा आबद्ध हुने तयारी गरेका छन् भने राजपा उपाध्यक्ष अनिता यादव, सहमहामन्त्री समिम अन्सारी एमालेमा प्रवेश गरिसकेका छन्।
नयाँ शक्ति पार्टीका नेता झाले नयाँ शक्ति छाडिसकेका छन्। औपचारिक घोषणा नगरे पनि ‘पार्टी छाडेको जस्तो स्थिति रहेको’ उनले बताए। ‘पार्टी छाडेको जस्तो भयो। मैले पार्टीका संयोजक बाबुराम भट्टराईलाई टेलिफोन गरी तपाईँले जसरी पार्टी चलाउनु भएको छ, त्यसमा म जिम्मेवार छैन भनिसकेको छु,’ उनले भने।
एमालेको दोस्रो तहका केही नेतासँग अनौपचारिक कुराकानी भइरहेको पनि उनले बताए। ‘यही साउन मसान्तभित्रै कुनै राजनीतिक निर्णय लिन्छु,’ झाले भने। धनुषाका झा एमालेबाट माओवादी र त्यसबाट नयाँ शक्तिमा प्रवेश गरेका थिए।
फोरम लोकतान्त्रिकका सहअध्यक्ष रामेश्वर राय यादवले मंगलबार पदबाट राजीनामा दिएका छन्। ‘अब केही दिनभित्रै एउटा निर्णय गर्छु,’ यादवले भने, ‘जतिसक्दो चाँडो निर्णय गर्ने प्रयास हुन्छ।’ यादव निकट स्रोतका अनुसार यादवलाई आफ्नो पार्टीमा आउन केही ठूला पार्टीका दोस्रो तहका नेताहरुले प्रस्ताव गरेका छन्।
राजपाका दोस्रो तहका नेता हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, सांसद कमलेश्वर पुरी गोश्वामी, वृजेशकुमार गुप्तालगायत राजपा अध्यक्ष मण्डलसँग असन्तुष्ट छन्। यीमध्ये गोश्वामी सांसद रहेकाले तत्काल पार्टी छाडेर अन्यत्र जानसक्ने अवस्था छैन, अन्य नेताहरुले भने राजपाको नयाँ पार्टी कार्यालय अहिलेसम्म टेकेका छैनन्। यो खबर आजको नागरिकमा छापिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19