काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक मृगौला प्रत्यारोपण गरेर पनि सक्रिय बन्ने आफूजस्तो सरकार प्रमुख र राष्ट्रप्रमुख संसारमै नरहेको दाबी गरेका छन् ।
शनिवार साँझ सरकारी स्वामित्वका मिडियाका सम्पादकहरुसँगको भेटमा उनले यस्तो दाबी गरेका हुन् ।
सरकारी संचारमाध्यमका सम्पादकहरुले स्वास्थ्य स्थितिको विषयमा सोधेको प्रश्नमा उनले आफ्नो नाम गिनिजबुकमा लेखिनुपर्नेसम्मको कुरा गरेका एक सम्पादकले जानकारी दिए । गुगल सर्च गरेर हेर्दा समेत विश्वमा आफूजस्तो सरकार प्रमुख वा राष्ट्रप्रमुख कुनै पनि देशमा नरहेको देखेको बताएका छन् ।
आफू दोश्रो पटक मृगौला प्रत्यारोपणपछि पनि सक्रिय भएको र स्वस्थ बनिसके पनि मानिसहरुले रोगी भन्ने गरेकोमा प्रधानमन्त्रीलाई मन परेको रहेनछ । ‘म अहिलेपनि १८ घण्टा काम गर्छु, तर मान्छेहरु कुरा बुझ्दैनन् । यति धेरै सक्रिय हुँदा पनि प्रधानमन्त्री रोगी भयो, काम गर्न सकेन भन्छन् । यो गलत छ ।’ ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो–‘सबै मरणशील हुन् । कसैले कसैको विषयमा अनावश्यक मूल्याङ्कन गर्नु, टिप्पणी गर्नु हुँदैन ।’
उनले आफू बुढ्यौलीमा प्रवेश गरे पनि आफ्नो मृगौला भने जवान रहेको उल्लेख गर्दै थपे–‘बरु म त्यो जवान मृगौला अनुसार हिँड्न सकेको छैन । कहिले प्रेसर बढ्छ, कहिले सुगर । बाँकी समस्या केही पनि छैन ।’
उनले पटक–पटक दुई–दुई पटक किड्नी फेरेर पनि देशको शासन–सत्ता चलाउने व्यक्ति संसारमा कोही नभएको भन्दै आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्दा हुने बताए । ‘मैले अरु देशका सरकार र राष्ट्र प्रमुखले झै कुनै सम्मान र मानार्थ उपाधिहरु मागेर हिँडेको छैन । खासमा भन्ने हो भने मेरो नाम त गिनिज बुकमा लेखिनुपर्ने हो नि ।’ उनले थपे ।
प्रधानमन्त्रीले सो क्रममा जारी लकडाउन लम्ब्याउनुको अर्को विकल्प नरहेको समेत प्रष्ट्याएका थिए । भारतले लकडाउन लम्ब्याउने र भारतसँग खुल्ला सीमा जोडिएको नेपालका लागि उसँग तालमेल गरी लकडाउनको अवधि बढाउनुको अर्को विकल्प नरहेको समेत प्रष्ट्याएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago