Photo : Pradip Gyawali
काठमाण्डौ । एमाले माओवादीबीच सात बुँदे सहमतिसँगै नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको छ ।
योसँगै नेकपा एमाले र माओवादी केन्द्र इतिहास बनेका छन् ।
यी दुुई दलबीच लामो समयदेखि जारी एकताको प्रयासले सोमबार अबेर राति मूर्त रुप पाएको हो ।
त्यसअघि सोमबार दिउँसो करिब ५ घण्टा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता भएको थियो । सो क्रममा दुुई पार्टीका अध्यक्षले पार्टी एकताका लागि बाधक देखिएका बिषयमा सहमति निस्किएपछि साँझ बालुवाटरमा पार्टी एकता संयोजन समितिको बैठक डाकिएको थियो । सोही बैठकमा नेताहरुबीच ७ बुँदे सहमति भएको हो।
सहमतिपत्रमा एमालेको तर्फबाट ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, ईश्वर पोखरेल र बामदेव गौतमले हस्ताक्षर गरेका छन् भने माओवादीको तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
सातबुँदे सहमति यस्तो छ:
१.एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ ।
२.पार्टीको निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेलिनवाद’ रहनेछ ।
३.नेकपा एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद अन्तरगत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुुरा स्पष्टै भएको छ ।
४.नेकपा एमालेले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा माओवादी केन्द्रले अवलम्बन गरिआएको ‘माओवाद र एककाइसौ शताब्दीको जनवाद’ सम्बन्धी बिषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ ।
५.उपरोक्त आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवम् अन्तरिम विधान तयार परी सोहीअनुसार एकीकृत पार्टी संचालन गरिनेछ ।
६.प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरणमार्फत समाजवादका आधार निर्माण गरिनेछ ।
७.आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनको रुपमा समझदारीका साथ भव्य रुपमा सम्पन्न गरिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago