काठमाण्डौ । सरकारले युनाइटेट अरब इमिरेट्सको राजदूतमा सिफारिस आशा लामाको नाम फिर्ता लिँदै बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समितिमा पठाइनेछ। 

फागुन ९ गतेको मन्त्रिपरिषद बैठकले स्पेनमा नयाँ दूतावास खोल्ने निर्णय गर्नुका साथै राजनीतिक भागबन्डामा १४ देशका लागि विभिन्न व्यक्तिको सिफारिस गरेको थियो। 

मन्त्रिपरिषदको मंगलबारको बैठकल लामाको नाम राजदूत सिफारिस सूचीबाट फिर्ता लिने र स्पेन सरकारबाट दूतावास खोल्ने स्वीकृति प्राप्त नभएसम्म त्यहाँको राजदूतमा सिफारिस गरिएका भरत रायामाझीको नाम संसदीय सुनुवाइ समितिमा नपठाउने निर्णय गरेको हो। बैठकले स्पेनमा दूतावास खोल्ने प्रक्रिया तत्काल अघि बढाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन समेत दिएको छ। यो खबर आजको नागरिकमा छापिएको छ ।