Kamal Thapa and Pashupati Samsher rana
काठमाण्डौ । राप्रपासँगको सहकार्यमा एकीकरणपछि सरकारमा सहभागी हुने राप्रपा नेपालको निर्णयका कारण प्रमुख प्रतिपक्षमा एमाले एक्लिदैछ ।
संसदको चौथो ठूलो शक्ति राप्रपा नेपाल सत्तामा जान सहमत भएपछि राप्रपासँगको एकीकरण पनि तय भएकोे छ।
राप्रपा नेपाल र राप्रपा एकीकरण गरी सरकारमा दुई मन्त्री थप पठाउने विषयमा नेताहरूबीच गोप्य सहमति भएको स्रोतले बताएको आजको अन्नपूर्णमा समाचार छ ।
यो सहमतिपछि मंगलबार दुई पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गरी मंसिर ६ गते पार्टी एकता घोषणाको मिति सार्वजनिक गरेका हुन् ।
हाल राप्रपाबाट दुई मन्त्री सरकारमा सहभागी छन् । केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी राप्रपा नेपाल अहिले प्रतिपक्षमा छ । साउन २५ मा एकीकरणको अन्तिम चरणमा पुगेका बेला राप्रपाले सरकारमा पठाएका मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने र नपर्ने विषयमा विवाद भएपछि एकिकरण स्थगित भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago