काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । 

पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा समितिले तयार गरेको प्रतिवेदन पेस भएको र त्यसमा छलफल समेत भएको जानकारी दिए । 

दुई पार्टीबीच एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको ठहर गर्नाका साथै एकताका लागि थप छलफलको खाँचो भएकाले राप्रपा नेपाललाई थप अध्ययनका लागि आग्रह गरेको छ । 

राप्रपाको सो निर्णयसँगै राप्रपा नेपालसँग मङ्गलबार हुने भनिएको एकीकरणको घोषणासभा प्रभावित भएको छ ।