काठमाण्डौ । नुवाकोटमा पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महत पछाडि परेका छन् । कांग्रेसकै अर्का चर्चित नेता अर्जुननरसिंह केसी समेत सुरुवाती परिणाममा पछाडि परेका छन् । 

पछिल्लो मतपरिणामअनुसार सो जिल्लाको क्षेत्र नम्बर १ मा गणना गरिएको २ सय मतमा नेपाली कांग्रेसका रामशरण महतले ९८ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका माओवादी नेता हितवहादुर तामाङले पनि ९९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ मा कांग्रेसका अर्जुननरसिंह केसीले १ सय २७ मत पप्त गरेका छन् भने वाम गठबन्धनका नारायणप्रसाद खतिवडाले १ सय ८५ मत प्राप्त गरेका छन् । 

नुुवाकोटकै क्षेत्र नम्बर १ अन्तर्गत कांग्रेसका प्रदेशसभा क का उम्मेद्वार महेन्द्र थिङले ७८ मत प्राप्त गरेका छन् भने वामगठबन्धका उम्मेद्वार राधिका तामाङले २ सय १३ मत प्राप्त गरेकी छन् । यस्तै, प्रदेश सभा खतर्फ कांग्रेसकै तर्फबाट उम्मेद्वार रहेका रमेश महतले १ सय २९ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका उम्मेद्वार बद्री मैनालीले १ सय ६१ मत प्राप्त गरेका छन् ।