PMO of Nepal
काठमाण्डौ । सरकार परिवर्तन लगत्तै मन्त्रालयका सचिवहरुको सरुवामा नयाँ सरकार हाँक्नेहरुको ध्यान जान्छ । आफू अनुकुलको मन्त्रालयमा आफू अनुकुलका पात्र ल्याउन पाए ‘मिलेर काम गर्न सजिलो हुन्छ’ भन्ने धेरैको बुझाईले यस्तो बेलामा काम गरेको देखिन्छ । प्रचण्ड नेतृत्वको सरकारको पनि यस्तै बुझाईका कारण आइतबार मन्त्रालयका सचिवहरुको व्यापक हेरफेर गरिएको छ ।
आइतबारको मन्त्रीपरिषद बैठकले धेरै मन्त्रालयका सचिवहरुको कार्यक्षेत्र हेरफेर गरेको हो ।
सरकारले राष्ट्रिय योजना आयोगमा समेत आफू अनुकुलका ३ सदस्य पनि नियुक्त गरेको छ ।
मन्त्रीपरिषद कार्यालयका अनुसार निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रिताललाई सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई रक्षा मन्त्रालय खेदिएको छ भने रक्षा मन्त्रालयमा रहेका सचिव महेश दाहाललाई युवा तथा खेलकुद मन्त्रालयमा लगिएको छ ।
हालै सचिवमा बढुवा पाएका गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासकबाट फिर्ता बोलाएर निर्वाचन आयोगमा पठाइएको छ ।
उता, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईलाई आपूर्ति मन्त्रालय सरुवा गरिएको छ भने सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकर अधिकारीलाई पर्यटन मन्त्रालयमा तानिएको छ ।
महिला तथा बालबालिका मन्त्रालयका सचिव मधु रेग्मीलाई लोकसेवा आयोगमा र श्रम मन्त्रालयमा रहेका सचिव विष्णुप्रसाद लम्साललाई महिला तथा बालबालिका मन्त्रालयमा लगिएको छ । उता, युवा तथा खेलकुद मन्त्रालयमा रहेका लक्ष्मीप्रसाद मैनालीलाई श्रम तथा रोजगार मन्त्रालयमा लगिएको छ।
यसैगरी, भौतिक मन्त्रालयमा जल तथा उर्जा आयोगका सचिव धनबहादुर गुरुङलाई लगिएको छ । सो मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा थन्काइएको छ ।
यसैबीच, सरकारले राष्टिय योजना आयोगका तीन सदस्य समेत नियुक्त गरेको छ । यसअघि माओवादीले आफू निकटका नेपाल राष्टबैंकका कार्यकारी निर्देशकलाई आयोगको उपाध्यक्ष बनाएको थियो । आइतबार योजना आयोगको सदस्यमा नियुक्ति पाउनेहरुमा स्वर्णिम वाग्ले, प्रभू बुढाथोकी र धिरेन्द्रमान प्रधान रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago