रुपन्देही । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आइतबारदेखि प्रथम सडक खाना महोत्सव शुरु गरिएकोे छ ।
सडक खाना महोत्सवमा जातिगत रुपमा थारु, मगर ,थकाली, गुरुङ्घ, क्षेत्री, नेवार समुदायका खानाका परिकारहरु सडकमै पकाएर खुवाईने भएकाले यसक्षेत्रको रौनक नै पृथक देखिएको छ ।
सडक खाना महोत्सवमा नेपाली जातिगत खानाबाहेक इण्डियन, चाइनिज, जापानिज, इटालियन र थाई खाना तथा अन्य खानाका ५० बढी परिकार राखिएको छ ।
अतिथि देवो भवः, पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं भन्ने मूल नाराका साथ शुरु भएको सडक खाना महोत्सवको एक विशेष समारोहकाबीच प्रदेश नं ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उदघाटन गरे ।
आन्त्तरिक तथा बाह्य पर्यटकलाई बुटवलमा भित्राउन र यस क्षेत्रको खानपानकाका बारेमा जानकारी गराउन सडक खाना महोत्सवले महत्वपूर्ण टेवा पुराउने मन्त्री गिरीले बताए ।
यसैबीच, खाना महोत्सवको अवसर पारेर बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ अन्तर्गत पर्ने मिलनचोक तिनकुने देखि होराईजनचोक सम्मको सडकलाई दुलहीसरह सिंगारिएको छ ।
सडक खाना महोत्सवमा यस क्षेत्रका होटलले दिने सेवा सुबिधाहरुको बारेमा जानकारी गराउनुका साथै विभिन्न जातीगत खानपान र जातीय संस्कृति झल्किने भेषभुषाको प्रदर्शन गरिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताए ।
करिब ५० हजार दर्शकहरुले अवलोकन गर्ने र ५० लाखको कारोबार हुने लक्ष्य आयोजकले लिएका छन् । महोत्सव अवधिमा आगन्तुक पाहुनाहरुलाई आवासमा २० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago