Arjun Narsingh KC
काठमाण्डौ । प्रचण्ड र भारतलाई खुशी पार्ने खेलमा पार्टी सभापति शेरबहादुर देउवा फस्दा उनलाई महाधिवेशनमा सहयोग गर्ने नजिकका मान्छेले विद्रोह गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
देउवाले आफ्नो पार्टीको भागमा आएको मन्त्रालय बाँडफाँडमा न्याय गर्न नसक्दा सरकारलाई पहिलो गासमै ढुंगा लागेको हो ।
बिहीवार बिहान सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको कांग्रेसका प्रभावशाली नेता तथा पदाधिकारी बैठकमा बिमलेन्द्र निधिकै नेतृत्वमा सरकारमा सहभागी हुने बिषयमा एकमत रहेको थियो । सो क्रममा सरकारमा पार्टीको नेतृत्व दाबी गरिरहेका प्रभावशाली नेता अर्जुननरसिंह केसीले गृहमन्त्री पाए आफूले चित्त बुझाउने बताएका थिए ।
तर बिहानको सहमति विपरीत सपथ ग्रहण गराउँदा निधिलाई नै उपप्रधान तथा गृहमन्त्रीको रुपमा पठाई केसीलाई रक्षामन्त्रीमा जान भनिएपछि उनले विद्रोह गरेका हुन् । उनले पार्टीले मन्त्रीको रुपमा सपथ गराउने सूचि पठाए पनि सपथ ग्रहण समारोहमा अनुपस्थिति जनाइदिए । उनको यो विद्रोहले देउवाले आफ्ना नजिकको टिमलाई कसरी चिढ्याइरहेका छन् र यसले रामचन्द्र प्यानललाई कसरी फाइदा पुगिरहेको छ भन्ने प्रष्ट देखिएको पार्टीका नेताहरुले बताएका छन् । ‘देउवाले भारतीय दवाबमा गृहमन्त्रालय पनि निधिलाई नै दिने निर्णय गरेका बुझिन आएको छ ।’ एक कांग्रेस नेताले भने–‘प्रारम्भमै प्रचण्ड नेतृत्वको सरकार भारतको गोटी बन्यो, भारतीय इशारा भन्दा बाहिरको काम यसले गर्छ भन्ने विश्वास लागेन ।’
कांग्रेस महाधिवेशनमा देउवालाई पार्टी सभापति बनाउन निकै ठूलो भूमिका खेलेका केसीलाई महामन्त्रीमा हराउन देउवा गुटकै निधि र खुमबहादुर खड्काले षड्यन्त्र रचेका थिए । तर देउवाले सरकारमा सहभागिताको सवालमा निधिकै पछि लागेर केसीलाई डम्प गर्ने काम गरेका धेरैको बुझाई छ । यसबाट समेत चित्त दुखाएर केसीले विद्रोह गरेका दाबी गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago