काठमाण्डौ । ओली सरकारको अर्थमन्त्रीको रुपमा पद बहाली गर्दै डा. युवराज खतिवडाले सरकारको आम्दानी र खर्च विद्युतीय प्रणालीबाट गर्ने पहिलो निर्णय गरेका छन् । 

उनले गरेको पहिलो निर्णयको कार्यान्वयन भने आगामी बैशाखबाट हुने बताइएको छ । 

अर्थमन्त्रालयका अनुसार सरकारले गर्ने भुक्तानी र राजश्व संकलनको सम्पूर्ण काम विद्युतीय प्रणालीबाट हुनेछ । यो प्रणालीको सुरुवातले सरकारको राजश्वमा तर मार्नेहरु तह लाग्ने र बित्तीय पारदर्शिताको युुग सुरु हुने दाबी गरिएको छ । 

सरकारी राजश्वमा गडबड हुने गरेको समाचार पछिल्लो समय निकै धेरै आउन थालेका छन् । सरकारी राजश्वमा कतिपय कर्मचारीहरुले मिलेमतोमा मनलाग्दी गरिरहेका थुप्रै घटना समेत सार्वजनिक भइसकेका छन् । तर, अब डा. खतिवडाको यो निर्णयलाई राजश्वमा गडबड गर्नेहरु तह लाग्ने भन्दै सबैले प्रशंसा गरेका छन् ।