काठमाण्डौ । निर्वाचन प्रसारप्रसारमा सामाजिक सञ्जालमार्फत बदनाम गराएको भन्दै प्रहरीमा उजुरी पर्न थालेको छ।
महानगरीय अपराध महाशाखामा एमाले र धादिङका माओवादी केन्द्रका एक उम्मेदवारले उजुरी दिएका छन् । एमालेले बनाएको एक प्रचार भिडियोमा अर्काे अडियो राखेर बदनाम गर्ने प्रयास भएको भन्दै उजुरी परेको छ ।
त्यस्तै, माओवादी केन्द्रका एक उम्मेदवारलाई फोन नदिन भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध गलत प्रचार गरिएको भन्दै उजुरी परेको छ ।
दुवै घटनाको अनुसन्धान भइरहेको महाशाखाका डिएसपी पशुपति रायले बताए । बिहीबार रातिदेखि मौन अवधि सुरु भए पनि केहीले सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago