-चन्द्रकान्त खनाल
रुपन्देही । पर्यटन प्रवद्र्धनका लागि गुणस्तरीय हस्पिटालिटी सेवा प्रवाह गर्ने गरी बुटवलमा सेफ गार्डेन रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालन गरिएको छ ।
यस क्षेत्रका ७ जना युवा उद्यमीहरुको २ करोड भन्दा बढीको संयुक्त लगानीमा बुटवल राजमार्ग चौराहामा हस्पिटालिटी सेवा शुभारम्भ गरिएको छ।
गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्ने गरी यसै क्षेत्रमा रहेर सरकारी सेवा, उद्योगमा सफल तथा हस्पिटालिटी (होटल म्यानेजमेन्ट)मा डिग्रि हासिल गरेका बालकृष्ण पौडेल, करुण खनाल, प्रकाश थापा, राजेश बराल क्षेत्री, श्रीप्रसाद भट्टराई, प्रभात निश्चल गिरी र सुमित रिजाल गरी ७ जनाको सामुहिक लगानी रहेको सेफ गार्डेनका अध्यक्ष बालकृष्ण पौडेलले जानकारी दिए ।
उक्त सेफ गार्डेन रेष्टुरेन्ट एण्ड क्याफेको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै संघका अध्यक्ष हमालले मुलुकको समृद्धिकालागि लगानी अपरिहार्य रहेको र नीजि क्षेत्रको लगानी सुरक्षा हुनेगरी लगानी मैत्री वातावरण बनाउन सरकारसंग माग गरे।
अध्यक्ष हमालले होटल तथा रेष्टुरेन्ट व्यबसायमा रात्रीकालिन सेवा प्रवाहकालागि व्यबसायीले सुरक्षाको पूर्ण प्रत्याभूति गर्नेगरी वातावरण बनाउन समेत प्रहरी प्रशासन समक्ष आग्रह गरे ।
बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण सम्पन्न पछि लुम्बिनीमा आउने पर्यटकलाई समेत लक्षित गरेर हस्पिटालिटी सेवाको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्धनमा योगदान गर्नका लागि होटलमा लगानी गरिएको सञ्चालक करुण खनालले बताए ।
बुटवल प्रदेशको राजधानी बनेसंगै मानिसहरुको आवतजावत चलायमान भएको र पूर्वपश्चिम तथा उत्तरदक्षिणको ट्रान्जिक्ट पोईन्ट समेत भएकाले लगानीको सम्भावना देखिएकाले लगानी गरेको बताउँदै लगनीको सुरक्षा र व्यबसाय प्रवद्धन हुनेगरी नीति निर्माण गर्न समेत उनले प्रदेश सरकारलाई आग्रह गरे। । अध्यक्ष पौडेलले गुणस्तरीय खाना नास्ता, चुस्त सेवा प्रदान गरिने बताउँदै सेमिनार लगायतका कार्यक्रममा समेत वातानुकुलित हलको व्यबस्था गरिएको जानकारी जनाकारी गराए ।
प्रदेश ५ को संसदीय समिति अर्थ, उद्योग तथा पर्यटन समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र निकासी रोक्न प्रदेश ५ सरकारलाई निर्देशन दिएको छ ।
नदीजन्य पदार्थ व्यवस्थापन कार्य्विधि २०७५ लगायत नदीजन्य पदार्थको निकासीको अवस्थाका बारेमा छलफल गर्न बसेको बैठकले सरकारलाई नदीजन्य पदार्थको अव्यवस्थित दोहन र अवैध निकासीले नदी गहिरिदै गएको र यसले प्राकृतिक जोखिम बढाउने भन्दै त्यसलाई व्यवस्थित गर्न निर्देशन दिएको हो ।
समितिले प्रदेश ५ सरकारका वन वातावरण, उद्योग तथा पर्यटन मन्त्री लिला गिरीलाई बैठकमा बोलाएर जानकारी लिँदै त्यसतर्फ चासो दिन ध्यानाकर्षण गराएको हो ।
बैठकमा समितिका सदस्यहरुको जिज्ञासापछि सभापति दधिराम न्यौपानेले सरकारले कार्य्विधि जारी गरेर पनि कार्यान्वयन गर्नतर्फ गम्भीरतापूर्वक नलागेको र अवैध निकासी र चोरीपैठारी नरोकिएको भन्दै तत्काल अवैध गतिविधि रोक्न सरकारलाई निर्देशन दिनुभएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago