काठमाण्डौ । राजधानी काठमाण्डौ र पोखराबाट देशका विभिन्न ४ गन्तव्यमा नियमित दोहोरो उडान भर्दै आएको सिम्रिक एयरलाइन्सको सबै उडान आइतबारदेखि बन्द भएको छ । 

यो एयरलाइन्सले उडान अनुमति नवीकरणमा लापरबाही गरेका कारण यस्तो अवस्था सिर्जना भएको हो । उडान अनुमति नवीकरण गर्नुपर्ने म्याद समेत गुजारेपछि यो एयरलाइन्सको सेवा नै अवरुद्ध हुन पुगेको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणस्थित एक उच्च स्रोतका अनुसार सिम्रिक एयरलाइन्सको ४ वर्षे उडान अनुमतिपत्रको म्याद ०७२ बैशाख २ गते नै सकिएको थियो । त्यसपछि पनि लामो समयसम्म यो एयरलाइन्सले अनुमतिपत्र नवीकरणमा ध्यान दिएन । महिनौ बित्दा समेत गैरकानूनी ढंगले इजाजत पत्रको नवीकरण नै नगरी उडान भर्दै आयो । सिम्रिक एयरलाइन्सको उडान इजाजत पत्र नवीकरण हेर्ने सरकारी निकायहरु समेत चूपचाप बसे र निकै पछाडिबाट मात्र ताते । ‘सिम्रिक एयरलाइन्स र अन्य सम्बद्ध निकाय तात्दा उसको उडान इजाजतपत्र नवीकरण नै गर्न नमिल्ने गरी फेल भइसकेको थियो ।’ स्रोतले भन्यो–‘उडान इजाजतपत्र नै फेल भएपछि प्राधिकरणका केही अधिकारीको सुझावमा आइतबारदेखि सिम्रिकले सबै उडान रद्ध गरेको हो ।’ 

नेपाल नागरिक उड्डयन प्राधिकरणस्थित एक उच्च स्रोतका अनुसार सिम्रिक एयरलाइन्सको ४ वर्षे उडान अनुमतिपत्रको म्याद ०७२ बैशाख २ गते नै सकिएको थियो । त्यसपछि पनि लामो समयसम्म यो एयरलाइन्सले अनुमतिपत्र नवीकरणमा ध्यान दिएन । महिनौ बित्दा समेत गैरकानूनी ढंगले इजाजत पत्रको नवीकरण नै नगरी उडान भर्दै आयो ।

सिम्रिक एयरलाइन्सले हरेक दिन काठमाण्डौ–लुक्ला, काठमाण्डौ–पोखरा, काठमाण्डौ–भैरहवा, पोखरा–जोमसम दोहोरो उडान भर्दै आएको थियो । सिम्रिकका साना जहाजले हरेक दिन काठमाण्डौबाट माउन्टेन फ्लाइट समेत भर्दै आएका थिए । 

यो एयरलाइन्सले दुई जहाजबाट दैनिक ४ वटा माउन्टेन फ्लाइट भर्ने गथ्र्यो । काठमाण्डौ–लुक्ला ६ पटक ओहोरदोहोर हुन्थ्यो भने काठमाण्डौ–पोखरा चाहि ८ वटा दुईतर्फी उडान भर्ने गथ्र्यो । काठमाण्डौ–भैरहवा दैनिक दुईतर्फी २ पटक र पोखरा–जोमसोम दैनिक ६ वटा (दुई तर्फी) उडान भर्ने गरेको थियो । 

‘आइतबारदेखि सिम्रिकका सबै उडान बन्द भएका छन् ।’ नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बिजशालासँग भने–‘बेवास्ता र झुक्किएका कारण इजाजतपत्र नवीकरण गरिएको रहेनछ, त्यही इजाजतपत्रको जगमा रहेर प्राधिकरणले दिने एयर अपरेटर्स सर्टिफिकेट(एओसी) समेत स्वतः काम नलाग्ने भएको छ ।’ 

यो पनि हेर्नुहोस्

  1. फलोअप १ : सिम्रिक एयरलाइन्सको इजाजतपत्र नवीकरण नहुने, डूब्ने भो करोडौं रुपैयाँ !
  2. फलोअप २ : आफ्नो बचाउ गर्दै सिम्रिकले माग्यो सार्वजनिक माफी

सुरक्षित उडान भर्नका लागि बायु सेवा संचालन अनुमति तथा प्रमाणपत्र(एओसी) अनिवार्य गरिएको छ । पर्यटन मन्त्रालयबाट एयरलाइन्सको इजाजत लिएपछि त्यस आधारमा मात्र प्राधिकरणले एओसी दिने गरेको छ । सिम्रिकको इजाजत पत्र नै नभएपछि अब उसले पाएको एओसीको समेत काम सकिएको पोखरेलले जानकारी दिए । 

पर्यटन मन्त्रालयबाट एयरलाइन्सको इजाजत लिएपछि त्यस आधारमा मात्र प्राधिकरणले एओसी दिने गरेको छ । सिम्रिकको इजाजत पत्र नै नभएपछि अब उसले पाएको एओसीको समेत काम सकियोे । 

पर्यटन मन्त्रालयस्थित स्रोतका अनुसार त्यहाँबाट दिइने इजाजतपत्र ४ वर्षे हुन्छ ।  सिम्रिक एयरलाइन्सले ०६८ बैशाख ३ गते त्यस्तो इजाजतपत्र लिएको थियो । यसको चारवर्षे म्याद ०७२ बैशाखमै सकिएपछि नवीकरणमा ध्यान नदिंदा यस्तो अवस्था सिर्जना भएको हो । एओसी चाहि १ वर्षका लागि जारी गरिन्छ र प्रत्येक वर्ष नवीकरण हुने चलन छ । 

अब के होला ? 
इजाजत–पत्र खारेजीसँगै एओसी समेत काम नलाग्ने भएपछि आइतबारदेखि सिम्रिक एयरलाइन्सका सबै जहाज रनवेमा थन्किएका छन् । यसले विकट पहाडी क्षेत्रका यात्रुहरुलाई मर्का परेको छ । 

प्राधिकरणस्थित एक स्रोतका अनुसार सिम्रिकको इजाजतपत्र नवीकरण नै गर्न नमिल्ने गरी फेल भएको छ र यसलाई मिलाउन प्राधिकरणकै एक टिम टिम क्रियाशील छ । ‘पर्यटन मन्त्रालयलाई सिम्रिक एयरको उडान रेकर्ड राम्रो छ, त्यसकारण यो एयरलाइन्सको इजाजत नवीकरण गर्नु मुनासिव देखिन्छ भनेर पत्र पठाउने तयारी थालिएको छ ।’ एक उच्च स्रोतले भन्यो–‘प्राधिकरणबाटै यो प्रयास भए पनि मन्त्रालयमा बनेको कार्यविधिले भने सिम्रिकको इजाजतपत्र नवीकरण गर्नै मिल्दैन । उसले नयाँ एयरलाइन्सले झै अब इजाजतका लागि नयाँ ढंगले आवेदन दिनुपर्ने हुन्छ ।’ 

अर्को एक स्रोतका अनुसार सिम्रिक एयरलाइन्सका अध्यक्ष रामेश्वर थापाले पर्यटन मन्त्रालयको उडान इजाजतपत्र सम्बन्धी कार्यविधि संसोधनमा चलखेल गरी नवीकरण गर्नै नमिल्ने इजाजतपत्रलाई नवीकरण गराउन खोजिरहेका छन् । ‘थापाले पर्यटन मन्त्री नभएर आफूहरुलाई सेवा संचालन गर्न अप्ठ्यारो परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी कार्यविधिमा संसोधन गरिदिन र आफूहरुको सेवा संचालनको बाटो खोलिदिन अनुरोध गरेका छन् ।’ स्रोतले भन्यो–‘प्रचण्डबाट समत ग्रिन सिग्नल आएको छ । तर जानकारहरुका अनुसार सिम्रिककै लागि कार्यविधिमा संसोधन गर्नु नीतिगत भ्रष्टाचार हुन्छ ।’ 

अध्यक्ष रामेश्वर थापाले पर्यटन मन्त्रालयको उडान इजाजतपत्र सम्बन्धी कार्यविधि संसोधनमा चलखेल गरी नवीकरण गर्नै नमिल्ने इजाजतपत्रलाई नवीकरण गराउन खोजिरहेका छन् ।  प्रचण्डबाट समत ग्रिन सिग्नल आएको छ ।

हाल सिम्रिक एयरलाइन्सले २ वटा सानो र एक विच क्राफ्टबाट सेवा दिइरहेको छ । 

‘सबै झुक्किएर यस्तो भयो, मिलिहाल्छ’–रामेश्वर थापा


सिम्रिक एयरलाइन्सका अध्यक्ष रामेश्वर थापाले आफ्ना कर्मचारी, मन्त्रालयका कर्मचारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी सबै झुक्किएर नवीकरणमा लापरबाही गर्दा यस्तो अवस्था आएको स्वीकार गरे । ‘हो अहिले हाम्रो एयरलाइन्सको सेवा बन्द गरेका छौ ।’ उनले बिजशालासँग भने–‘एक दुई दिनमै सेवा सुचारु हुन्छ होला ।’ इजाजतपत्र नै नभएको र त्यसमा टेकेर दिइने एओसी नै नभएको अवस्थामा कसरी उडान भर्नुहुन्छ ? भन्ने प्रश्न गर्दा उनले भने–‘यो सबै अप्ठ्यारो पर्यटनमन्त्री नभएर हो, मन्त्री मनोनीत नहुञ्जेल त्यसको जिम्मेवारी प्रधानमन्त्रीको हुन्छ । मैले प्रचण्डजीसँग कुरा गरिसकेको छु । सायद कार्यविधिमा संसोधन गरेर इजाजतपत्र नवीकरणको व्यवस्था मिलाइन्छ होला ।’