Solar Street Light
रत्ननगर (चितवन) । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा सडक स्तरोन्नतिपछि कालोपत्र गरेर सौर्य सोलार बत्ती जडान गरिएको छ ।
यहाँ सडक कालोपत्र तथा वृक्षरोपण समेत गरेर आधुनिक प्रविधिको सौर्य बत्ती जडान गरिएको हो । नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहामा यसअघि सडक खाल्डाखुल्डीका कारण जोखिम थियो । बत्ती नहुँदा पर्यटक आवतजावतमा समस्या हुँदै आएकामा अब बत्ती जडान गरिएपछि रातभर नै झिलिमिली हुने क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले जानकारी दिए ।
उनका अनुसार सडकको स्तरोन्नति गरी कालोपत्र, वृक्षरोपण र बत्ती जडानमा रु ७४ लाख ६५ हजार खर्च भएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा निकुञ्जमार्ग टोल विकास संस्थाले यसरी सौराहामा कालोपत्र गरेर बत्ती जडान गरेको हो ।
करिब एक हजार २०० मिटर सडक कालोपत्र गर्न रु ५१ लाख खर्च भएको छ । यस्तै, ग्रिनबेल्ट सहितको वृक्षरोपण र १८ स्थानमा आधुनिक सोर्य बत्ती जडानका लागि झन्डै रु २३ लाख ६५ हजार खर्च भएको संस्थाका सदस्य जितु तामाङले जानकारी दिनुभयो । यसका २० प्रतिशत स्थानीयवासीले बेहोरेका हुन् ।
अघिपछि कुरुप देखिएको सौराहा बजार अहिले आकर्षक बनेको स्थानीयवासी सुरज पौडेलले जानकारी दिए । तर अझै सडक साँघुरो छ भने रत्ननगरबाट सौराहा जाने बाटो जीर्ण हुँदा पर्यटकलाई सास्ती हुँदै आएको छ ।
रत्ननगर नगरपालिकामा गाभिएपछि सौराहाका विभिन्न क्षेत्रमा स्तरोन्नतिको काम तीव्ररुपमा अघि बढेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago